Saturday, May 21, 2016

सबधान ! कहि आँप भि तो नहि खारहे हो आदमि का मटन जि ह आज कल चीनने सभी देसो मे आदमि का मटन बेच्ने सुरु कर्दिया हे !


ईंग्लिश भासामा प्रकाशित जनकपुर जेठ ५/ २०७३

There are normal diplomatic relations, and then there's the weird scene playing out between Zambia and China. The latter accuses a tabloid and social media in the African nation of spreading a "malicious" rumor in an attempt to weaken relations between the two countries. "Gruesome" would be another word: The allegation is that China is out of space for its dearly departed and so it is marinating the bodies, canning them as "corned beef," and exporting them to African supermarkets, reports Xinhua. Via Xinhua, AllAfrica has a quote from the article's "source," a Zambian woman said to be living in China: "I discovered it a few weeks ago, when I was invited to an interview in a large beef packing company. However I was later chased away when they discovered that I was from Southern Africa."

story continues below

China's ambassador to Zambia, Yang Youming, on Tuesday called the rumor "vilification which is absolutely unacceptable to us." A Zambian official vowed to launch an investigation. Lest you wonder if there's the tiniest sliver of truth to the claim, the Washington Post points to Snopes.com's assessment of the rumor: Its own investigation confirmed that one of the photos being shared of the "human flesh" operation hails from a 2012 marketing stunt for the video game Resident Evil 6 that saw the staging of a butcher shop selling said flesh. Shanghaiist notes that the lack of burial space is actually a very real problem, and previously reported that the government in Shanghai has since about 1990 been pushing "alternative burials," like burials at sea. 

Monday, May 16, 2016

मधेशीको भावना सुनेर, सुरक्षकर्मीको पनि आँखा रसाए...

जनकपुर 


उमेशराज मेहता, काठमाण्डौ  ।  सिंहदरबार घेराउ दोस्रो दिन कतै तनावमय देखियो भने कतै संगीत कार्यक्रम गरी नाचीरहेको दृश्य पनि देखियो । सिंहदरबार पूर्वी भागमा रहेको हनुमानथानमा संगीतकर्मी तथा दन्तचिकित्सक डा. आभास लाभले संगीत सुनाइरहदा आन्दोलन निकै रोमाञ्चक बनेको थियो । लाभले गित गाउन थालेपछि सुरक्षा घेरा बनाएर उपस्थित सुरक्षाकर्मीको समेत अखाँ रसाएको देखिन्थ्यो ।

दौरासुरुवाल र टोपी लाको छैन भन्दैमा, धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा,
मलाइ धोती र मस्र्या भन्न कहा पाइन्छ, म त नेपालको माया गर्ने मान्छे....
मलाई नेपाली माया चाहिन्छ ...

मार्मिक शब्दले भरिएको गित गाएपछि आन्दोलन केहि भावनात्मक बन्न पुगेको थियो । आफू मधेसी हुँदाको पीडा उनले गीतमार्फत प्रस्तुत गरेका थिए । उनले यस्तो गीत गाइरहँदा आन्दोलनकारीहरु मात्र होइन ठूलो संख्यामा उपस्थित प्रहरी पनि गम्भीर देखिन्थे भने बाटो हिंड्ने बटुवाहरु पनि रोकिएर गम्भिरतापूर्वक हेरेको भेटियो । उता, आन्दोलनकारी र प्रहरीबीच माइतीघर मण्डलामा झडप हुन लागेका बेला हनुमानस्थानमा भने प्रहरी पनि आभास लाभका यी गीत सुनेर रमाइरहेका थिए ।

ढाका टोपी राम्रै लाग्छ लाउने बानी छैन, दोहोरी मारुनी मन पर्छ गाउने बानी छैन
होली झिंझिया नाच्न खेल्न मेरो मन रमाउछ, मधेसी हुँ, नेपाली हुँ मेरो आफ्नै मान छ ....

गडगडाहट तालीले स्वागत पाएका लाभले गीत गाइसकेपछि भने, ‘हामीले मधेसमा आन्दोलन गर्दा भारतको मान्छे भनियो त्यसैले हामी सिंहदरबार घेर्न आएको हौं, हामी पनि नेपाली हौं ।’ उनको हरेक शब्दमा पीडा मिसिएको थियो । उनले थपे, ‘हामीलाई राम्रोसँग नेपाली बोल्न आउँदैन भन्दैमा हामी नेपाली होइनौं र ? हामी भारतीय जस्तो दैखिदैमा हामीलाई भारतीय भन्न पाइन्छ ? यसो भन्दा हामीलाई पीडा हुन्छ, हामी पनि नेपाली हुन चाहन्छौं । हामीलाई पनि नेपालको माया लाग्छ ।’

Saturday, May 14, 2016

मधेशबादी पार्टी र सरकारबीच ६१,६२ साल जस्तै युद्ध हुने घोसना ,काङ्ग्रेस पनि सामिल

२०७३ साल जेठ २ गते आइतबार | May 15, 2016

फाइल फोटो 

सिंहदरबार घेराउको कार्यक्रममा अचानक हेरफेर, प्रहरीसँग भिड्ने गोप्य तयारी जनकपुर , १ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आवद्ध २९ दलीय संघीय गठबन्धनले सिंहदरबार घेराउको आफ्नो पूर्वनिर्धारित कार्यक्रममा केही हेरफेर गरेको छ ।

यसअघि संघीय गठबन्धनले चारस्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।

शेर्पाले दुईस्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान नौँ बजेदेखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

यसअघि गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । सोँच जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुईस्थान हनुमनस्थान र माइतीघरमण्डलामा केन्द्रित गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ ।

हनुमानस्थानमा भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतको भनाइ छ ।

यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । शेर्पाले बौद्धतिरका बेरोजगार युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी हुन गोप्य तयारी गरेको स्रोतको दाबी छ ।

जेठ २ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ

माइतीघर मण्डला आर्कमा :

1. संघीय समाजवादी फाेरम नेपाल,
2. आदिवासी जनजाति राष्ट्रिय आन्दाेलन नेपाल,
3. संघीय जनमुक्ति पार्टी,
4. थरूहट तराई पार्टी नेपाल,
5. संघीय लिम्बुवान पार्टी नेपाल,
6. सामाजिक लाेकतान्त्रिक पार्टी नेपाल,
7. लिम्बुवान संयुक्त संघर्ष समिति
8. शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति
9. नेवा: स्वायत्त राज्य मंका संघर्ष समिति
10. ताम्सालिड• संयुक्त संघर्ष समिति
11. तमुवान संयुक्त संघर्ष समिति
12. थरूहट संयुक्त संघर्ष समिति
13. संयुक्त मगरात मन्च
14. संयुक्त दलित अधिकार मन्च
15. लिम्बुवान मुक्ति माेर्चा नेपाल
16. किरात राज्य संघर्ष समिति
17. राष्टिय दलित मुक्ति आन्दाेलन
18. नेपाली काङ्ग्रेस 
हनुमानथान आर्कमा

१ तराई-मधेस लाेकतान्त्रिक पार्टी
२ सदभावन पार्टी
३ तराई मधेस सदभावन पार्टी नेपाल
४ राष्ट्रिय मधेस समाजवादी पार्टी
५ नेपाल सदभावन पार्टी
६ मजफाे (गणतान्त्रिक)
७ नेपाल राष्ट्रिय पार्टी
८ आदिवासी जनजाति पार्टी
९ लाेक दल
१० लाेकतान्त्रिक पार्टी नेपाल
११ बहुजन समाज पार्टी नेपाल
१२ खसान राष्ट्रिय संयुक्त संघर्ष समिति

भारतलाई गाली गर्नेलाई ठुलो झटका । राजदुत फिर्तीलाई भारतीय सम्बन्धसंग नजोड्नुस् : प्रधानमन्त्री


वैशाख ३१, २०७३ 
बैशाख ३१,जनकपुर 

प्रधानमन्त्री केपी ओलीले काठमाडौँ तराई द्रुत मार्ग नेपाल सरकार आफैले निर्माण गर्ने बताउनुभएको छ । व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढ द्रुत मार्ग निर्माण गर्न सरकार सक्षम भएकाले आफैले निर्माण गर्ने प्रष्ट पार्नुभएको हो ।


नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, सांसद विमलेन्द्र निधीले ग्लोबर टेण्डर आव्हान गरी विदेशी कम्पनीलाई निर्माण जिम्मेवारी दिएको अवस्थामा स्वदेशी लगानीमा निर्माण गर्ननहुने आशयका धारणा राख्नुभएको थियो ।

विकास समिति र अर्थ समितिले दिएको निर्देशनको प प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउनु नेपाल सरकारको निजि धारणा भएको स्पष्टिकरण दिनुभयो । उहाँले भारतसंग सुध्रिन लागेको सम्बन्ध पनि विभिन्न भ्रम छरेर बिगार्न लागि परेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले न्यायालयमा हस्तक्षेप गरेको प्रसंगमा न्यायाधीश नियुक्तीमा वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट पार्नुभयो ।

मधेश समाधान सम्बोधनका लागि गम्भीर रहेको भन्दै प्रधानमन्त्रीले समस्या सम्बोधनका लागि सरकारले नयाँ कार्यक्रम प्रस्ताव गर्ने उल्लेख गर्नुभयो । चुरे क्षेत्र संरक्षणमा पनि सरकार लागि परेको बताउदै उहाँले फेवाताल खुम्चँदै जानुमा भुक्षय मुख्य कारण रहेको दावी गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्र निर्माणको संकल्प रहेको भन्दै यसको कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । प्रभावकारी कर्मचारीतन्त्रमार्फत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।

यसैबीच संसदले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । संसदको अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।




प्रकाशित:वैशाख ३१, २०७३

Friday, May 13, 2016

नेपालविरुद्ध मोदीको अर्को खतरनाक योजना, आयो ५ करोडको पोको



जनकपुर , १ जेठ । मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन् ।
वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरुसँगै भारतबाट पनि थारुहरु सहभागी थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीको सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले बताएको छ ।
भारत सरकारका प्रतिनिधिहरुसमेत समावेश ती सम्मेलनमा थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको छ ।
भारतीय एजेन्सीहरुले मधेस आन्दोलनलाई जस्तै थारु समुदायभित्र घुसी उनीहरुलाइ आन्दोलित गर्ने रणनीतिका रुपमा यसलाई नेपाल सरकारले हेरेको छ ।
केहि समय अघि चितवन सम्मेलनमा भारतका तर्फबाट थारु समुदायको उत्थानका लागि थारु संग्रहालयलाई ५ करोड रुपैयाँ छात्रवृत्तिलगायत सहायता दिने घोषणा गरिएको थियो ।

तीसरे विश्व युद्ध का घंटी: सऊदी और 20 देश 3.5 लाख फौज़ सीरिया में घुसने को तैयार


जनकपुर : बैशाख ३१ । २०७३


सीरिया में आतंकवाद को खत्म करने के बहाने सऊदी अरब ने राष्ट्रपति बशर-अल-असद के खिलाफ निर्णायक जंग की तैयारी कर ली है। सीरिया के खिलाफ इस जंग में सऊदी अरब के नेतृत्व में पाकिस्तन समेत बीस सुन्नी मुस्लिम देशों की फौज़ शामिल है। इस फौज में 2500 लड़ाकू जहाज, 20 हजार टैंक और तीन लाख पचास हजार सैनिक शामिल हैं।
यह फौज़ पिछले कई दिनों से सऊदी अरब के उत्तरी इलाके में युद्धाभ्यास कर रही है। यह फौज अमेरिका के इशारे का इंतजार कर रही है। सऊदी अरब के रक्षा मंत्री आदिल अल जुबैर ने कहा है कि अगर अमेरिका सीरिया में जमीनी लडा़ई को कमाण्ड करेगा तो सऊदी नेतृत्व में तैयार फौज़ सीरिया में उतरने को तैयार है।
पढ़ें-‘सऊदी अरब में लड़ने की न क्षमता है न साहस’
आदिल अल जुबैर के इस बयान के तुरंत बाद संयुक्त राष्ट्र में ईरान के प्रतिनिधि ने एक प्रेस कांफ्रेस बुलायी और कहा कि सऊदी अरब सीरिया में अपने सैनिक भेजता है तो यह अंतर्राष्ट्रीय कानूनों का उल्लंघन होगा।
उन्होंने कहा कि सीरिया की जमीन पर पैर रखने से पहले सऊदी को कई बार सोचना चाहिए। अगर वो एक बार इस युद्ध में शामिल हो गया तो उसका निकलना मुश्किल होगा। मीडिया रिपोर्ट्स क् अनुसार सऊदी अरब ने इतनी बडी फौज सीरिया के साथ-साथ ईरान और रूस को भी जवाब देने के लिए खड़ी की है। सऊदी अरब क्षेत्रीय शांति के बहाने ईरान पर दबाव बढाने की रणनीति अपना रहा है।


पढ़ें-सीरिया में मिसाइल हमला, 50 की मौत
सऊदी अरब को अमेरिका से वैचारिक और रणनीतिक समर्थन हासिल जबकि ईरान और सीरिया के साथ रूस कंधे से कंधा मिला कर खडा है। रूस के प्रधानमंत्री ने अभी दो दिन पहले कहा था दुनिया के बड़े देश फिर से शीत युद्ध की स्थिति में पहुंच रहे हैं।
कुछ वार एनालिस्ट यह चेतावनी भी दी है कि सऊदी फौजें सीरिया घुसती हैं तो तीसरा विश्व युद्ध शुरु हो जायेगा। दर असल, अमेरिका और सऊदी अरब चाहता है कि आईएसआई के खात्मे के लिए सीरिया मे जमीनी लड़ाई जरूरी है, लेकिन लड़ाई शुरु होने से पहले सीरिया के राष्ट्रपति बशर अल असद को सत्ता से अपदस्थ करना होगा।
रूस और ईरान भी कहते हैं कि सीरिया और ईराक से आईएसआईएस का खत्मा होना चाहिए और इसके लिए जमीनी लड़ाई से कोई परहेजड नहीं है। ईरान भी इस बात के तैयार है लेकिन इन दोनों का कहना है कि सीरिया के राष्ट्रपति को अपदस्थ नहीं करने देंगे।
पढ़ें- आईएस आतंकियों में रासायनिक हथियार बनाने की क्षमता : CIA

इन दोनों ग्रुप्स के अलावा तीसरी मुख्य भूमिका तुर्की की है। वो अमेरिका के साथ भी है और अमेरिका के खिलाफ भी है। वो कहता है कि असद के साथ कुर्द लड़ाकों के खिलाफ भी कार्रावाई हो। अमेरिका आईएसआईएस के खिलाफ कुर्द लड़ाकों की मदद कर रहा है। यह खबर saudigazette.com.sa ने छपी है

धनुषाको सरसामा ट्रायाकटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । driver फरार

धनुषाको सरसामा ट्रायाकटरको ठक्कर
बाट एक बालिकाको ज्यान गएको छ ।

जनकपुरधाम, बैशाख ३१ गते ।
धनुषाको धनुषाधाम नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । धनुषाधाम नगरपालिका ३ स्थित सरसा टोलमा बालुवा लोड भएको ज १ त ६२५३ नं. को ट्रयाक्टरको ठक्करबाट श्रीचन सदाको ४ की छोरी राधा सदाको ज्यान गएको हो ।
बिहीबार दिउँसो स्थानीय बालुवा खोलाबाट बालुवा लिएर जाँदै गरेको ट्याक्टरले ठक्कर दिदाँ बालिकाको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना पश्चात फरार भएको ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले नियन्त्रणमा लिएको जनाएको छ । ट्रायाकटरको साहु त्यही गाउको ग्यान यादब भएको स्थानीय बासिको भनाइ फिल्हाल ग्यान यादबको नाममा रिट  दायर भैसकेको छ स्थानीय प्रहरीले जानकारी गराएका थिए ।
धन्यवाद # like र comment गर्न नभुल्नुहोला ।

भारतलाई गाली गर्नु भन्दा पहिला यस्तो गर्न सक ए रास्ट्रबादीहरु ।

भारतलाई गाली गर्नु भन्दा पहिला यस्तो गर्न सक ए राष्ट्रवादी हरु । 


 कनकपुर : बैशाख २९  चीनको रेल नेपाल आउने – यो समाचार अरु हावादारी समाचारहरु पचाए झै ‘यस्तै त हो नि नेपालमा’ भनेर पचाउने कुरा हो। तैपनि, यो समाचार सुनेर खुशीले ३ बित्ता उफ्रँदै नाचु झै गरी खुशी भएका राष्ट्रबादीहरुलाई एउटा सानो सन्देश छ।

यति सानो कुराले भारत आतियो, भारतको शेखि झर्यो भनेर पुग्दैन । भारतको शेखि झार्ने नै हो भने यस्तो झीनामसिना कुरा गरेर हुन्छ र ? अलि स्वादिलो दनक दिनु पर्यो नि । 

जस्तो कि नेपालको राष्ट्रबादि सरकारले निर्णय लिनु पर्यो कि ‘भारत र चीनलाई समदुरीमा राख्ने नीति मुताविक चीनियाँ नागरीकलाई नेपाल प्रवेश गर्न आवश्यक भिसा प्रक्रिया खारेज गरी भारतीय नागरीकलाई झै बिना भिसा बेरोकटोक नेपाल प्रवेश गर्न दिइने छ भनी घोषणा गर्ने र तत्काल लागू गर्ने ।’ (सरकार ढल्यो भने के हो के हो, अहिल्यै गरी हाल्न पर्छ यस्तो राम्रो काम)
दुष्ट भारतलाई भिसा नचाहिने, त्यत्रो रेल नै पठाउने चीनलाई भिसा चाहिने ? यो त असाध्यै भएन । मित्रराष्ट्र चीन माथि घोर अन्याय भयो ।
यस्तै गरी नेपालले भारतलाइ दिएको सुविधाहरु पनि सबै चीनलाइ पनि दिने । जस्तो कि –
१) चीनबाट पण्डित खोजेर ल्याइ पशुपतिमा पुजा गर्न लगाउने
२) नेपाली सेनाको सेनाध्यक्षलाइ चीनको मानार्थ सेनापति बन्न पठाउने
३) नेपाली नेताहरुको भान्छा भान्छामा लुंगि र चप्पल लगाएका भारतीय राजदुत मात्र हैन अण्डरवेर र गन्जी लगाएका चिनिया राजदुतलाइ पनि उस्तै गरी दौडधुप गराउने
४) ५०% तेल, ग्याँस, खाद्य सामाग्रि, तरकारी फलफुल, बिजुलि, आदि सबै सामान चीनबाटै मगाउने
५) हिमालमा अर्को एउटा पूर्व पश्चिम राजमार्ग बनाउने
६) चिनिया नाङ्गे बाबाजिहरुलाइ शिवरात्रिमा भाङ निशुल्क बाँड्ने
७) दक्षिणतिर बगेको खोलाको आधि पानी उत्तर दिशातिर बगाइदिने
८) खसभाषा शब्दकोषमा आधि शव्दहरु झिकेर चिनिया शब्दले भर्दिने
९) दिनको एकछाक अनिवार्य चिनियाँ खाना खानै पर्ने नियम ल्याउने                                                १०) हलहरुमा हिन्दि फिल्म जति देखाउँछ, त्यति नै चाइनिज फिल्म देखाउनु पनें हैन भने हलको दर्ता खारेजि गर्ने
११) टेलिविजन मा पनि हिन्दी च्यानल जति छ, त्यति नै चाइनिज च्यानल देखाउनु पर्ने हैन भने लाइनवालाको दर्ता खारेजि गर्ने
यस्तै यस्तै अरु पनि टन्नै थपम है, अनि त्यसपछि त्यो मोदिको फुर्ति हेरम न । कति रमाइलो हुन्छ है त्यसको शेखि झर्दा .. होइन भने यस्तो झीना मसीना कुरा मा उफरेर के भारतलाई के पीर परयो र ?

आखिरमा  चिनिया रेल बाट आउन लागेको समान भन्दा दोब्बर त बिरगंजको नाका बाट हरेक दिन आउछ नै… खै भारत प्रति उफरेको ?  चिनिया को सानो खबर मा उफरे झै उफरिने हो भने त बर्ष को हरेक दिन भारत भक्त हुने होला नि !  अपन बिरगंजको post बाट  साभार 

Thursday, May 12, 2016

सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई जनतासमक्ष माफी माग्न निर्देशन


सीके राउतको अन्तर्वार्ता लिने एबीसी टेलिभिजनलाई जनतासंग माफी माग्न निर्देशन


 जनकपुर , ३० बैशाख, प्रेस काउन्सिल नेपालले सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई जनतासमक्ष माफी माग्न निर्देशन दिएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहीबार बसेको बैठकले एविसी टेलिभिजनलाई आम जनतासमक्ष विखण्डनको अभिव्यक्ति दिने राउतको अन्तर्वार्ता प्रसारण गरे वापत क्षमा याचना गर्न निर्देशन दिएको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए ।

०७२ साल चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्तावाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० ९संशोधित तथा परिमार्जित–२०६४० को दफा ४ ९१० को गम्भीर उल्लङ्घन भएको भन्दै काउन्सिलले उक्त निर्देशन गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

एविसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउँदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।  
जवाफमा टेलिभिजनले अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।

काउन्सिलले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर्‍याएको कार्कीले बताए ।

भारतीय साँसदले भने चिनको आड लिएर नेपालले धम्क्यायो । भारतले पनि नेपाल लाई दियो जबाफ ।

भारतीय सांसदले भने– चीनको आड लिएर नेपालले धम्क्यायो

जनकपुर | २०७३ बैशाख २९ बुधवार 60803 पटक पढिएको।

मोदीकै पार्टीका सांसद् भने ‘नेपालको सीमामा पूरै बार लगाउनुपर्छ’
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका एक सांसदले नेपालले चीनको आड लिएर भारतलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।

बुधबारको लोकसभा बैठकमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका हुन् ।


सांसद दुबेले शून्य समयमा लोकसभामा बोल्दै भने, ‘चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ ।’

दुबेले भारतले नेपालप्रति कठोर नीति बनाएर नेपालको सीमामा पूरै बार लगाउनुपर्ने समेत बताएका छन् । कमजोर मुलुक भए पनि नेपालले भारतलाई धम्क्याएकोप्रति आक्रोशित भएका दुबेले नेपालको सीमामा भारतले पाकिस्तान र बंगलादेशमा जस्तै बार लगाउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनले नेपालसँगको १४ सय ८५ किलोमिटर दूरीमा पूरै बार लगाउनुपर्ने धारणा व्यक्त गरेको समाचारमा उल्लेख छ ।

उनले नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित गरेको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकोप्रति समेत आक्रोश व्यक्त गरे । उनले नेपालले भारतीय राजदूतलाई समेत फिर्ता पठाउने योजना बनाएकाले भारतले नेपालप्रति कठोर नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

सांसद दुबेले सन् १९५० को सन्धि अनुरुप भारतले नेपाललाई सहयोग गरेको तर नेपालले चीनको आडमा भारतलाई धम्क्याउने गरेका दाबी गरे ।


कांग्रेसका सांसद ज्योतिरादित्य सिंधियाले भने नेपाल भारतसँग परनिर्भर रहेको र यो कुरा सही नभएको बताएको हिन्दुस्थान अनलाइनले जनाएको छ ।

नेपालको चर्को विरोधमा उत्रिएका दुबेले नेपालप्रति जवाहरलाल नेहरु, इन्धिरा गान्धी र राजीव गान्धीले अघि सारेको नीतिकै कारण समस्या आइपरेको समेत बताए । 

Wednesday, May 11, 2016

होसियार के तपाईं मोबाईल चलाउनुहुन्छ । भने सावधान हुनु तपाईंको जान समेत जान सक्छ ।

के तपाई मोबाइल चलाउनुहुन्छ ?


 जनकपुर , प्रकाशित मिति  बैशाख २८ गते ।  के तपाइँ मोबाईल फोन चलाउनुहुन्छ ।

 भने होसीयार यो ध्यान दिएर पढ्नु होला मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होला ,मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो ,तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन ,एक पटक राम्ररि पढ्नु होला,
र सबै लाई यो आफ्नो -आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला,
हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ, जुन क्यान्सर को प्रमुख कारण बनेका छन् ,जसरि माइक्रो वभनमा तताएको खाना खानु हुदैन ,मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ,कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् ,खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्, मोबाइल नभइ नहुने साधन भएको छ ,तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो निम्न कुरा हरु ध्यान दिनु होला |
1. --सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ |
2. --मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ |
3.--सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ |
4. --सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ |
5.-- एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस
6. --कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस
7. --हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस् |
8. --सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन् |
9.- -बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस जसरि मैले मेरा फेसबुक साथिहरुलाई यो जानकारी गराए त्यसरी नै तपाईले पनि शेयर गरेर आफ्नो साथिहरुलाई यो जानकारी गराउनु तपाइको कर्तब्य हो |
writer : लिलबहादुर मगर  ललितपुर -3 
plz like and share 

मधेशको छोराले बिदेशबाट फर्केर दियो किसानबाट धनी बनाउने १० सुत्र !!!

खाडिबाट फर्केका सिकिन्द्र कापरले  दियो। किसानबाट  धनी बनाउने १० सूत्र !!!

'बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’

 घर धनुषा धरमपुर -५ मा बस्ने २६ बर्षको  सिकिन्द्र कापर ३ बर्ष खाडिमा काम गरेर पनि कुनै सफल्ता नपाएकोले आफ्नै कृषिको काममा उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । नेपाल धर्मको त्रिवेणी पनि हो । पाँच करोड पर्यटक भित्रिनेबित्तिकै १० करोड मानिसले रोजगारी पाउँछन् । नेपालमा तीन करोड जनसंख्या छ । कामदार नपुगेपछि विदेशबाट झिकाउनुपर्छ बिदेशबाट  फर्किएका सिकिन्द्र कापरसंग ‘किसानलाई धनी कसरी बनाउन सकिन्छ’ भनेर www.Madheshnews.com का लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
‘प्रतिशतका आधारमा संसारमा सबैभन्दा बढी किसान भएको देश नेपाल होला,बिदेशबाट फर्किएका कापर दाबी गरे, ‘नेपाल अनपढ किसानप्रधान देश पनि हो । पढ्यो भने हलो जोत्न पर्दैन भन्ने मान्यता छ । पढ् है पढ्, पढिनस् भने हलो जोत्ने होलास् भन्नेको बाहुल्य छ । अनि कसरी शिक्षित व्यक्ति खेतीकिसानमा आकर्षित होलान् ?’
हलो जोत्नु भनेको उब्जाउने संकेत हो । वनस्पति तथा धातुको उत्खनन/सम्भार गरेर त्यहाँबाट उत्पादित उब्जनीबाट मानिसले ज्यान बचाएका छन् । पढेलेखेकाले हलो जोत्न नहुने भएपछि ५० काटेका, त्यो पनि अनपढले मात्रै खेतीकिसानी गर्ने भए । अनपढ किसानको संख्या दिनदिनै घट्दै छ । यसैले सालिन्दा खेतबारी बाँझिदै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्केपछि कृषितिर आकर्षित छन् । उब्जाएर देशलाई धनी बनाउन कृषिभन्दा अर्को आधार नभएको सिकिन्द्र कापरको  जिकिर छ ।
कोठामा बसेर किताब पढ्ने ८४ लाख नेपालीलाई भात खान आउँछ, पकाउन आउँदैन । लुगा लगाउन आउँछ, बनाउन आउँदैन । उब्जनी नगरी उपभोग गर्न पाइँदैन । राणाकालदेखि नै उब्जाउने र उपभोग गर्नेबीच स्तर निर्धारण गरियो । उब्जाउने काम त्यति सजिलो छैन । उब्जाउनेलाई सानो र बसिखानेलाई ठूलो बनाइयो । मानिसले उब्जाउने चीज ८० प्रतिशत वनस्पति हुन् । २० प्रतिशत धातुले ओगटेको छ । उद्योग वनस्पतिमा आधारित छन् । उद्योग भनेको खेती हो । खेती भनेको वनस्पतिको स्याहार, सम्भार गरेर मानिसलाई काम लाग्ने वस्तु उब्जनी गर्ने हो । चाउचाउ, बिस्कुट, राइस मिल, फ्लावर मिल, जाँड–रक्सीदेखि चुरोट, कपडा, कागज कारखानालगायत सबै वनस्पति हुन् ।
उद्योगधन्दाका आधार भनेको कृषि नै हो । तिनीहरूका लागि कच्चा पदार्थ उत्पादन भएन भने उद्योग चल्दैन । कृषि भनेको मानिसको समृद्धिको मूल आधार हो । कृषिका लागि नेपाल सम्भावनै सम्भवाना बोकेको मुलुक हो । यहाँको हावा त्यत्तिकै राम्रो छ । हावा भनेको चिसो र तातो अवस्था हो । हामीसँग न्यानो पनि छ । करिब १८ प्रतिशत भू–भाग तराई–मधेस छ । करिब ६० प्रतिशत पहाडै पहाड छ । जहाँ चिसो हावा पाइन्छ । त्यसपछि अत्यधिक चिसो हुने हिमाली क्षेत्र पनि हामीसँग छ । वनस्पतिले अत्यधिक चिसो, ठिकठिकै चिसो र न्यानो मन पराउने हुन्छन् । पृथ्वी भनेको न्यानो, चिसो र अत्यधिक चिसो ठाउँ न हो । यस हिसाबले नेपाल सिंगो पृथ्वी हो । त्यतिमात्रै होइन, नेपालमा पिउनेपानी त्यत्तिकै छ । जमिन त्यत्तिकै राम्रो छ । जमिन गरा–गरा (ट्यारेस) परेको छ । नेपाल गराको देश पनि हो । पुर्खाले हजारौं वर्ष मिहिनेत गरेर बनाएको गरा त्यत्तिकै सुन्दर छन् ।
माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ । ‘खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो,’ उनको तर्क छ, ‘जल र मल अभाव छैन । केवल प्रयोग गर्न जान्नुपर्छ । म त भन्छु मल र जल आधारभूत कुरा हुन् ।’ किसानले निम्नलिखित भूमिका निर्वाह गरे धनी बन्न समय लाग्दैन ।
पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।
(१) जमिन : उत्पादनको पहिलो सर्त जमिन हो । हिजोआज एक रोपनी जग्गा हुने पनि किसान, दुई रोपनी जग्गा हुनेलाई पनि किसान नै भनिन्छ । सरकारले ७५ रोपनीभन्दा बढी जमिनमा खेतीपाती गर्न दिँदैन । धेरै खेती गर्छु भन्नेलाई समेत बन्देज लगाएको छ । २० रोपनीभन्दा थोरै जमिनमा खेती गर्नेलाई किसान भन्न उचित हुँदैन । त्यति जग्गाबाट उत्पादित अन्नबालीले सम्बन्धित किसानको परिवारलाई खानसमेत पुग्दैन । पहाडमा ५० रोपनी र तराईमा पाँच बिघा नभई किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न हुँदैन । किसानले भाडामै लिएर भए पनि जग्गाको प्रशस्त व्यवस्था गर्नैपर्छ । भाडामा पाइएन भने खेती गर्ने–गर्नेबीच मिलेर खेती गर्न सकिन्छ । ‘कोअपरेटिभ फार्मिङ’लाई प्रोत्साहित गर्नुपर्छ । यन्त्रको उपलब्धता हेरेर जमिनको हदबन्दी तोक्नुपर्छ । जमिनको क्षेत्रफल ठीक भएन भने नाफा हुँदैन । मिहिनेत गरे पनि फाइदा हुँदैन ।
(२) पानी : पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।
(३) मल : हामीसँग मल प्रशस्त छन् । त्यो पनि अर्गानिक । नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन । तर पनि उत्पादन घट्दैन । त्यो भलपानीको देन हो । बर्खाको भलपानी मलिलो हुन्छ । त्यही भलपानी खेतमा हालिन्छ ।
हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ । चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ । भलपानी कसरी छोप्ने ? ‘सजिलो छ,’बिदेशबाट फर्किएका सिकिन्द्र कापरले  सुझाए, ‘बाटोभरि गोबर, पत्कर, सुली हुन्छ । पानी पर्दा बगेर जान्छ । त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा डोर्याउनुपर्यो । बारी भिरालो भए पनि खेतैजस्तो बनाउनुपर्दैन । प्रत्येक गरामा भलपानी जम्न सक्ने भयो भने पुग्छ ।’ भलपानी जम्नबित्तिकै जोतिहाल्नुपर्छ । नत्र उडेर जान्छ । जोतेपछि माटोमा मिसिन्छ । त्यसपछि फेरि एकपटक भलपानी हाल्न सके बारीमा समेत मल हाल्न पर्दैन ।
खेतमा त झन् सजिलो छ । कुलो, नहरबाट भलपानी डोर्याएर खेतमा हाले भइगयो । पानी पर्यो भनेर हात बाँधेर घरभित्र बस्न भएन । पानी पर्नासाथ भलपानी छेक्ने संस्कार विकास गर्ने हो भने साबिक जमिनबाट उत्पादन दोब्बर हुन्छ ।
मलका लागि पत्कर, सोत्तर त्यत्तिकै उपयोगी मानिन्छ । हिमाल, पहाड र तराईमा त्यत्तिकै खेर गइरहेको छ । नेपालमा ५५ लाख भैँसी, ७५ लाख गाई छन् । भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छ । त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ । हामी संकलन गर्दैनौ । सबै उडेर जान्छ । सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ । गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ । एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ । सोलिडलाई हिट गरे लिक्विड हुन्छ । लिक्विड हिट गरे ग्यास बन्छ । गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो । गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन । काम लाग्ने चीज उडेर गएपछि मल नभएर छोक्रामात्रै बाँकी रहन्छ । त्यो पनि बारीमा लगेर महिना दिन त्यत्तिकै राखिन्छ । त्यसो भएपछि मलले मलको काम गर्दैन । गोबर, सोत्तर र पत्करमिश्रित मल एक नम्बर हुन्छ ।
पत्करले नेपालका हजारौँ हेक्टर वन डढेलो लगाउँछ । खरानीजति हिन्दमहासागरमा पुग्छ । एक हेक्टर वनमा झन्डै दुई टन पत्कर निकाल्न सकिन्छ । पत्करलाई कम्पोस्ट मल बनाउन सकियो भने खेती सप्रिनुका साथै डढेलो रोक्न सकिन्थ्यो । यसैगरी, दैनिक गाई, भैँसीको पिसाब र गोबरमात्रै संकलन गरी प्रतिहेक्टर २० टन गोबर मल र २० टन पिसाब मल प्रयोग गरेमा १० टन अन्नबाली उत्पादन हुन्छ । ५० टन तरकारी सजिलै फलाउन सकिन्छ । उत्पादनमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले ध्यान दिएका छैनन् ।
बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।
(४) यन्त्र : किसानलाई यन्त्र नभई हुँदैन । गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु हुन्छ । गोरुले एक दिनमा तीन रोपनीभन्दा बढी खेतबारी जोत्न सक्दैन । सानो ट्याक्टरले दैनिक नौ रोपनीसम्म जोत्न सक्छ । गोरुलाई घाँसपानी खुवाउनुपर्छ । जोतिसकेपछि ट्याक्टरलाई बन्द गरेर राखे पुग्यो । पहाडमा कसरी सम्भव होला सानो ट्याक्टर प्रयोगमा ल्याउन ? उनी भन्छन्, ‘हिजोआज सानो ट्याक्टरसमेत निर्माण भइसकेको छ । पार्टपार्ट खोलेर पहाड पुर्याउन सकिन्छ । रोबोर्टमात्रै होइन, ड्रोन टेक्नोलोजी आइसकेको समयमा पहाडमा सानो ट्याक्टर प्रयोग गर्न असम्भव छैन ।’
‘पहाडमा समेत सानो ट्याक्टरलाई व्यापकीकरण गर्नुपर्छ,’ उनको मान्यता छ, ‘यो राज्यको काम हो । अहिलेसम्म उपलब्ध प्रविधि परिमार्जन गरेर हिमाल, पहाड र तराईमा यन्त्र प्रयोग गर्नुपर्छ ।’ हुन पनि हो– पछिल्लो समय पोर्टेबल यन्त्र आइसकेका छन् । रोप्ने, गोड्ने र काट्ने फरक–फरक यन्त्र बनेका छन् । तसर्थ, गोरु जोतेर व्यावसायिक खेती गर्न सम्भव छैन । ‘गोरु जोत्नुपर्छ,’सिकिन्द्त कापरको तर्क छ, ‘तर, पर्यटकलाई देखाउनमात्रै । निश्चित ठाउँमा ५÷६ रोपनी जग्गामा संग्रहालय बनाएर साँच्चिकै गोरु जोतेको दृश्य देखाइयो भने लाखौं पर्यटक हेर्नचाहिँ आउलान् ।’ विकसित देशमा किसानले ट्याक्टर छाडेर रोबर्टले जोत्न थालिसके ।
(५) बीउ : बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।
(६) पुँजी : सम्बन्धित किसानले पुँजीबारे ध्यान दिनुपर्छ । पुँजी कहाँ पाइन्छ ? पुँजीविना केही काम सम्भव छैन । ट्याक्टरदेखि बीउ किन्नसम्म पुँजी चाहियो । ढुवानी गर्न पुँजी चाहियो । पुँजीको सहज व्यवस्था कहाँ छ ? सरकारमा कि सहकारीमा छ, पहिचान गर्नुपर्यो । पुँजी छैन भने माग्नुपर्यो । पुँजी नभई यन्त्रीकरण सम्भव छैन, यन्त्रीकरणविना उत्पादन सम्भव छैन, उत्पादनविना समृद्धि सम्भव छैन ।
(७) व्यवस्थापन/योजना : सबै कुरा चुस्त–दुरुस्त भए पनि व्यवस्थापन ठीक भएन भने किसानलाई धनी बनाउन सकिँदैन । ५० रोपनीमा तरकारी, ५० रोपनीमा किबी, ५० रोपनीमा माछापालन र ५० रोपनीमा गाईपालन गरेँ भने मेरो उत्पादन यति हुन्छ । उत्पादित वस्तु त्यहाँसम्म लगेर बेच्छु, यस्तो तरिकाले बेच्छु भनेर योजना बनाउनैपर्छ ।
व्यवस्थापनमा प्राविधिक ज्ञान जरुरी छ । प्राविधिक ज्ञानबारे सम्बन्धित किसान निरन्तर ‘अपडेट’ हुनुपर्छ । के–कस्ता प्रविधि भित्रिइरहेका छन् भनेर खोजी गर्नुपर्छ । उत्पादन, व्यवस्थापनदेखि बजारसम्मको प्राविधिक ज्ञानबारे पूर्ण जानकारी हुनैपर्छ । अर्को किसानले त्यही उत्पादन प्याकेजिङ गरेर बजार पुर्याइसक्यो तर आफ्नो उत्पादन राम्रो हुँदाहुँदै बारीमै छ भने उसले गरिखाँदैन ।
यसैगरी, सम्बन्धित किसानले खेती लगाएपछि पानी र मल कहिले हाल्ने, रोग, कीरा लागेको छ कि छैन भनेर समय–समयमा विचार पुर्याउनैपर्छ । हिजोआज पनि कतिपय किसानले ‘भए होस्, नभए नहोस्’ भन्ने गर्छन् । व्यावसायिक किसानले त्यसो गर्नुहुँदैन ।
(८) बजार : किसानले बजारबारे जान्नैपर्छ । बजारसम्म कसरी पुग्ने ? बजारको मागसमेत बुझ्न जरुरी हुन्छ । उदाहरणका लागि पूर्वी पहाडबाट मोरङको विराटनगरमा काउली थुप्रियो । २० रुपैयाँ केजी नबेचे आफूलाई फाइदा हुँदैन । किन्नेले दुई रुपैयाँ केजी पनि हाल्दैनन् । परेन आपत । स्थानीय खोलामा फालौँ फोहोर भयो भन्दै उल्टै कारबाहीमा परिएला भन्ने डर । त्यसो भएपछि पुनः ढुवानी गरेर अर्को ठाउँ लैजानुको विकल्प हुँदैन ।
त्यही काउली सिलगुडीमा ५० रुपैयाँ केजी बिक्री भइरहेको छ भन्ने पूर्वजानकारी भएमा उसले पहिल्यै त्यतै लैजान्छ । व्यावसायिक खेती गर्नेले ‘मार्केट इन्टेलिजेन्स÷इन्फर्मेसनबारे जानेन भने दुःख पाउँछ । त्यसपछि नजानी नहुने भनेको मूल्य साङ्लो ‘भ्यालु चेन’ हो । ‘भ्यालु चेन’ लाई सिधा तरिकाले यसरी बुझ्न सकिन्छ । जस्तै, माछा व्यवसायीले माछा पाल्यो । तर, ग्राहक किन्न आएनन् भनेर चिन्ता मान्नु पर्दैन । त्यसो भए बजारसम्म पुर्याएर जिउँदै बेच्दा कि पकाएर बेच्दा बढी मूल्य आउँछ ? त्यो थाहा पाउनु भनेको ‘भ्यालु चेन’ हो ।
(९) रोग/कीरा : बिरुवा प्राणी भएकाले उसलाई रोग÷कीरा लाग्छ । रोग÷कीराले आक्रमण गरिरहन्छ । गोलभेँडा व्यवसायीले खेती गर्नअघि गोलभेँडामा कुन–कुन रोग लाग्छ भनेर पहिल्यै थाहा पाउनुपर्छ । रोग लाग्न नदिन के गर्ने भनेर पहिल्यै सचेत हुनुपर्छ ।
पछिल्लो समय गोलभेँडा खेती गर्ने र कुखुरा पाल्नेहरू सम्बन्धित व्यवसायबारे अज्ञानताले लगानी डुबाइरहेका छन् । ‘नयाँ जग्गामा पहिलोपटक टनेल बनाएर गोलभेँडा लगाउनुभयो भने सय प्रतिशत नाफा दिन्छ,सिकिन्द्र कापरको  बुझाइ छ, ‘त्यही टनेलमा दोस्रोपटक गोलभेँडा लगाउनुभयो भने नाफा ५० प्रतिशतमा झर्छ । तेस्रोपटक लगाउँदा ३० प्रतिशत नाफा होला । तर, त्यही टनेलमा चौथोपटक गोलभेँडा लगाउँदा नाफा होइन लगानीसमेत उठ्दैन ।’ कारण ? पहिलोपटक लगाउँदा त्यहाँ रोग÷कीरा केही थिएन । तसर्थ, १०० प्रतिशत नाफा भयो । दोस्रोपटक त्यहीँ गोलभेँडा लगाउँदा पहिल्यै केही रोग÷कीरा पसिसकेका थिए । त्यसले आक्रमण गर्ने नै भयो । तेस्रोपटक लगाउँदा रोगैरोग, कीरैकीरा भएपछि उसले गोलभेँडा लगाउनसाथ आक्रमण गर्न थालेपछि उत्पादनमा ह्रास आउने नै भयो ।
कुखुरापालकको समस्या पनि गोलभेँडासँग मेल खान्छ । कुखुरापालकले लेयर एक र ब्रोइलर भए तीन लट उत्पादन गरेपछि गोठ सारिहाल्नुपर्छ । नत्र रोग लाग्न थालिहाल्छ । रोग लागेपछि औषधि दिँदादिँदा कुखुरा विषालु हुन्छन् । रोग त निको पार्न सकिएला तर खर्च बढ्छ । खानेकुरासमेत विषालु हुन्छ ।
(१०) सुरक्षा : बाली सुरक्षा त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चोरी, डकैतीबाट बाली बचाउनैपर्छ । बाली राम्रो हुनासाथ चोरी, डकैती हुन सक्छ । किसानले जुन ठाउँमा खेती गर्दै छ, उसले सरकारलाई जानकारी गराउनुपर्छ । किसानले बाली सुरक्षार्थ बीमा गर्नुपर्यो । बीमा गर्न खर्च लाग्ला तर पाँच लाख आम्दानी हुने ठाउँमा दुईदेखि १० हजार रुपैयाँसम्म खर्च गरे फरक पर्दैन ।
प्रकृति हाम्रा लागि वरदान हो र अभिसाप पनि । घाम नभई हुँदैन, धेरै घाम भयो भने खडेरी लाग्छ । पानी नभई हुँदैन, धेरै भयो भने बगाउन बेर लगाउँदैन । विशेषगरेर रोग÷कीरा र मौसम परिवर्तनले गर्दा किसानलाई मर्कामा पार्न सक्छ । तसर्थ, उसले खोजीखोजी बीमा गर्नुपर्छ । खेती गर्नुअघि कुन–कुन खेतीको बीमा छ भनेर बुझ्न आवश्यक छ । नभएको बालीको बीमा व्यवस्था गरिदिनुपर्यो भनेर सरकारलाई घचघच्याउन पछि पर्नुहुँदैन ।
किसानले यति भूमिका निर्वाह गरेपछि लगाएको बालीनालीले उत्पादन नदिने कुरै छैन । वनस्पति, पशु, पक्षी, कीरा वा कीटाणुले आम्दानी दिन्छ दिन्छ । खेती भनेको बिरुवा हो । दोस्रो पशु हो । तेस्रो पन्छी । कीरा भनेको मौरी हो । कीटाणु भनेको च्याउ । जल भनेको माछा भयो । यी सबैले बिरुवा खान्छन् । आधार त बिरुवा हो । त्यसकारण बिरुवा जान्न जरुरी छ । बिरुवा जान्नेमात्रै सक्कली किसान हुन् । उनै त हुन्– धनी बन्न सक्ने । तपाईंलाई सिकिन्द्र कापरको यो बिचार कस्तो लाग्यो आ आफ्नो बिचार व्यक्त गर्नुहोला । share र like गर्न नभुल्नुहोला धन्यवाद ! 

Saturday, May 7, 2016

रास्ट्रपति भर्मन रद्द गरेपछि भारतको रिएक्शन ! मोदि नेपाल भर्मनमा नआउने ।

अन्तराष्ट्रिय 
राष्ट्रपतिको भ्रमण रद्द गरेपछि भारतको ‘रिएक्शन’ ! मोदी नेपाल भ्रमणमा नआउने
 May 7, 2016  


जनकपुर धनुषा धाम धरमपुर -५ , २५ वैशाख । आफ्नो नेतृत्वमा बनेको वर्तमान सरकार ढाल्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको भारत भ्रमण रद्द गराएलगत्तै भारतबाट ‘रिएक्शन’ भएको छ ।


केही समयअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा मनाइने बुद्ध जयन्तीका लागि मे २९ मा नेपाल भ्रमणमा आउने समाचार आएको थियो । उनी विहारका मुख्यमन्त्री नीतिशकुमारलाई लिएर आउने चर्चा थियो ।
तर, नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्द गराएपछि भारतले पनि मोदीको नेपाल भ्रमण कुनै कार्यक्रम नरहेको जनाएको छ ।
विहीबार भारतीय विदेश मन्त्रालयमा आयोजिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले प्रधानमन्त्री मोदीको नेपाल भ्रमण गर्ने तत्काल कुनै योजना नभएको सुनाए ।

नेपाल ने भारत बिरोधि कदम उठाया । अपना राज्दुतको आपस बुलाया और...


 नेपाल ने भारत बिरोधि कदम उठाया अपना राजदुत आपस बुलाया औ ..


जनकपुर सिकिन्द्र कापर धनुषा {धरमपुर -५} : नेपाल ने भारत विरोधी कदम उठाते हुए अपने राजदूत को बुला लिया है. नेपाली राष्ट्रपति के दौरे को लेकर उनके नेपाली प्रधानमंत्री से मतभेद गहरा गए थे. इसे इस स्थिति पर भारत सरकार नजर लगाए हुए हैं. हालांकि, कोई आधिकारिक प्रतिक्रिया अभी तक नहीं आई है.

नेपाल ने भारत के 13 एसएसबी जवानों को बिना शर्ता छोड़ा

दरअसल, 9 मई से होने वाला नेपाली राष्ट्रपति विद्यारानी भंडारी का भारत दौरा रद्द कर दिया गया था. नेपाल के प्रधानमंत्री केपी शर्मा ओली दौरे के पक्ष में नहीं थे. लेकिन, दीप कुमार उपाध्याय दौरे के पक्ष में थे. इसी के साथ उपाध्याय पर नेपाली सरकार के साथ असहयोग का आरोप लगाया गया है.

‘‘नाकेबंदी जारी रही तो भारत से पहले चीन जा सकते हैं नेपाली पीएम ओली’’

उपाध्याय को पिछले साल अप्रैल में भारत में नेपाल का राजदूत नियुक्त किया गया था. नेपाल ने राष्ट्रपति का दौरा अचानक रद्द किया. इस दौरे में उनका सिंहस्थ कुंभ में स्नान का कार्यक्रम भी शामिल था. अब देखना यह होगा कि भारत की ओर से इस मामले में क्या कदम उठाया जाएगा.

Friday, May 6, 2016

एनसेललाइ कि त कर तिराउ ,कि बन्द गराउ : क्रान्तिकारी

एनसेललाई कि त कर तिराऊ, कि बन्द गराऊ : क्रान्तिकारी


आजको बिशेष, मुख्य समाचार Reads Count: 105  |   Published At: May 6, 2016, 4:23 Pm
 31   1  0  0  33
 जनकपुर  सिकिन्द्र कापर { धनुषा धरमपुर -५ । अखिल क्रान्तिकारीले एनसेलको कर छली प्रकरणका विरुद्ध एनसेलको कार्यालय अगाढी धर्ना जुलुश प्रदर्शन गर्नुका साथै सिमकार्ड जलाएको छ ।

एनसेल खरिदबिक्री गर्दा त्यसवापत नेपाल सरकारले पाउनुपर्ने कर एनसेलले नतिरेको भन्दै क्रन्तिकारीले यस्तो प्रदर्शन गरेको हो ।
‘एनसेललाई कि त कर तिराऊ, कि बन्द गराऊ’ भन्ने नारा सहित क्रान्तिकारीका विद्यार्थीहरु कार्यालय अघि प्रदर्शन गरेका थिए ।
अखिल क्रन्तिकारी एकिकृत नेकपा माओवादीको भातृसंगठन हो । हिजो मात्रै एमाओवादीकै सहायक संगठन वाइसिएलले पनि एनसेलले सरकारलाई ३८ अर्ब भन्दा बढी रकम तिर्न माग गर्दै विज्ञप्ती निकालेको थियो भने हिजो पोखरा र आज सुनसरीमा प्रदर्शन गरेको थियो ।

Wednesday, May 4, 2016

ओलीविरुद्ध कांग्रेसले पनि सुरु गर्यो भित्रभित्रै ठूलो खेल, यदि राजीनामा दिएनन् भने

फाइल तस्वीर

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई सादा कागजमा धमाधम हस्ताक्षर गराएको छ । कांग्रेसले बुधबार दिनभरि आफ्ना अधिकांश सांसदहरुलाई हस्ताक्षर गराएको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बेला सांसदहरुको हस्ताक्षर आवस्यक पर्नेभन्दै कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर गराएको स्रोतले जनाएको छ । ‘मैले पनि सादा कागजमा हस्ताक्षर गरेको छु’, सांसद राजु खनालले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिएपछि अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि होला हस्ताक्षर गराएको ।’

एमाओवादीले कांग्रेससहितका दलको समर्थनमा आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउन अपील गरेकै दिन ठूलो दल कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । कांग्रेसले अत्यन्तै आवश्यक काम बाहेक राजधानी बाहिन नजान आफ्ना सांसदहरुलाई निर्देशन पनि दिएको छ ।

स्रोतका अनुसार एमाओवादीले पनि आफ्ना सांसदहरुलाई पनि सादा कागजमा हस्ताक्षर गराउने तयारी गरेको छ । एमाओवादीले भोलिसम्म सबै सांसदको हस्ताक्षर संकलन गरेर राख्ने तयारी गरेको बुझिएको छ ।

हिजो धनुषा सागरमा डुबेर हरायेका जनकपुर ५ का बिनोद साह का सब 24 घन्टा पछि आज बिहान पोखरी मुहारमा देखियेको छ । हत्याको सङखा

हिजो धनुषा सागरमा डुबेर हरायेका जनकपुर ५ का बिनोद साह का सब 24 घन्टा पछि आज बिहान पोखरी मुहारमा देखियेको छ ।


जनकपुर : बैशाख २७ गते बुधबार 

नेपाल  बैशाख २६ गते मंग्लवार   जनकपुर ५ मा बसने हिरा साहको छोरा बिनोद शाह घरबाट धनुषा सागरमा नुहाउनगएका थिए । उस्को बुवा हिरा साहको भनाइ रहेको छ । तर तर धनुषाका ssp सोम्बहदुर मगरले  हत्याको संङ्खा व्यक्त गर्नुभएका छ । ssp  सोमबगदुर मगरको अनुसार धनुष सगरको गहिराई ५ फिट मात्र भएकोले यो सागरमा २५ बर्षको बिनोद साह सजिलै संग डुब्न् नसक्ने उहाँ को भनाइ रहेको छ । बिनोद साहको सब करिब २४ घन्टा वाद आज बिहान धनुषा सागर पोखरीको मुहारमा फेला परेको छ । अइले यश बिनोद साहको सबबारेमा  अहिले प्रचलित कानुन अनुसार सोधपुछ गरिदै छ । भोलि बिनोद साहको सब तेस्को आफ्न्तालाइ बुझाउने छ । धन्यवाद ! सिकिन्दर कापर {धनुषा धरमपुर -५}

नेपाल मे माधेशी आन्दोलन समर्थक बिदेशी नागरिक गिरफ्तार

नेपाल में मधेसी आंदोलन समर्थक विदेशी नागरिक गिरफ्तार
on May 3, 2016, 11:10 a.m.




जनकपुर :नेपाल सिकिन्द्र कापर {धनुषा धाम - धरमपुर -५
 नेपाली सुरक्षा बलों ने मधेसी समर्थक एक कनाडायी नागरिक को गिरफ्तार कर जेल भेज दिया है। इसका नाम रॉबर्ट पैनर है। मिली जानकारी के मुताबिक नेपाल प्रवासी विभाग के निदेशक केदार न्यूपेन ने सरकार को जानकारी दी थी कि पैनर सोशल मीडिया पर नेपाली नागरिकों को उकसाने वाली और सरकार विरोधी सामग्री लगातार प्रसारित कर रहा है। प्रवासी निदेशालय की सूचना पर पैनर को ललितपुर से गिरफ्तार कर लिया गया। पैनर एक आईटी कंपनी में काम कर रहा था और वर्किंग वीज़ा पर नेपाल में रह रहा था।

प्रवासी निदेशालय ने यह भी बताया कि पैनर का वीज़ा 2012 में ही समाप्त हो गया था। उसने वीज़ा बढ़ाने के लिए भी आवेदन नहीं किया था। इस तरह वो नेपाल में अवैध रूप से रह रहा था। नेपाली नियमों के मुताबिक किसी भी प्रवासी को भीतरी गतिविधियों में शामिल होने या टीका-टिप्पणी करने का अधिकार नहीं है। पैनर ने न केवल मधेसी आंदोलन को लेकर सरकार विरोधी ट्वीट किये बल्कि उसने गिरफ्तार पत्रकार कनक मणि दीक्षित प्रकरण पर भी सरकार की रीति-नीतियों पर प्रतिकूल टीका-टिप्पणी की थीं।

एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासिको ४ प्रश्न ??? ¥¥¥¥¥®®®®°`´

एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासीको ४ प्रश्न

वैशाख २१  |   सिकिन्द्र कापर धनुषा धाम{ धरमपुर -५}

१. सिरहासँगको लभ के भयो ?
२. चुनाव जितिसकेपछि प्रत्येक महिना १ गतेदेखि ५ गतेभित्र सिरहा जसरी पुग्छु भनेको के भयो ?
३. सिरहामा भएको खानेपानीको हाहाकार र सम्सुयाको सामाधान गर्छु, आँगन–आँगनमा पानी पुग्छ । यो मेरो बचन भन्नुभएको थियो, के भयो ?
४. आफ्नो हात काटेरा हजुरलाई भोट हालेको छु, तर के पायौं हामीले ? न विकास न पानी ।

सिरहा– सिरहामा खानेपानीको हाहाकार भएको छ । बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको ईनार कल सुकेका कारण सो क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको छ । धनगढी गाविस वडा नम्बर–७ चैनपुर र बिष्नपुरुकटी गाविसको भोर्लेली ढुङ्गाना टोल, चमार टोल, चारभइया टोल, सोमन टोल, बेङ्ङाडाबरलगायतका ठाँउमा पानीका मुहान सुकेपछि स्थानीयले १ बाल्टी पानी भर्नलाई रातभर ईनार कुरेर बस्नुपरेको स्थानीय दिनेश भट्टराईले बताएका छन् ।

कल र ईनारमा पानी सुकेपछि रातभर गाउँलेको ईनारमा जमेको लेदो जस्तो पानी थाप्न जागरम बसेसरी बस्ने गरेको बिष्नुपुरकटी गाविस भोर्लेनीकी स्थानीय अन्जना दाहालले बताइन् ।

रातभर कुरेर लेदोसहितको पानी समेत पाउन मुस्किल भएको उनको भनाई छ । आसपास पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्याले सास्ती खेप्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । खानेपानीको अरु विकल्प नभएकाले त्यही लेदोसहितको पानी खाँदा स्वास्थ्यमा समस्या हुने र महामारी फैलने समेत डर भएको भन्दै स्थानीय चिन्तित बनेका छन् । कमसेकम विकास त नदिए पनि पिउनको लागि पानीसम्म व्यवस्था सरकारले गराउनु पर्ने दिनेश भट्टराईको माग छ । खानेपानीको ईनार कल सुकेका कारण स्थानीयले नदि खोलाको पानी खान बाध्य छन् ।

गोविन्दपुर, बस्तीपुर, धनगढी, नैनपुर, चन्द्रयपुर र जमदहलगायतका स्थानहरुमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको स्रोतहरु ईनार, ट्युबेल र धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय एमाओवादी नेता देवनारायण महतोले गुनासो पोखे । विगत ७ वर्षदेखि विभिन्न निकायले आशा दिई निराश मात्रै गर्ने गरेको महतोले बताए ।

‘गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन्, गाउँमा रहेका २० वटा इनारमध्ये १७ वटा सुकिसकेको छ । स्थानीय ज्ञानकुमार सिंहले भने, ‘खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटर दुरीको अर्को बस्तीमा पुग्नुपर्ने बाध्यता छ ।’ ईनारका लागि पटक–पटक प्रयास गरिए पनि सम्बन्धित निकाय मौन देखिएको उनको भनाई छ ।

त्यस्तै, गोलबजार–१० स्थित धरमपुरमा पनि खानेपानिको स्रोत नहुँदा घुर्मी खोलामा कुवा उतखन्न गरी करिब ४० घरधुरीले सिमित मात्रामा दैनिक ६० लिटर पानी मात्र उपभोग गर्ने गरेका छन् । यता, मगर, महतो, साह, मुसहर र डोम जातीको करिब दुई सय घर बसोबास रहेको चन्द्रोदयपुरमा पानीको स्रोतको रुपमा २ वटा कुवा मात्र संचालनमा रहेका छन् ।

सार्वजनिक र निजी गरी ३ वटा इनार रहेपनि पछिल्लो ५ वर्षदेखि एक सार्वजनिक र दुई वटा निजी गरी ३ वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय कामेश्वर साहले बताए । गोलबजार–९ मा फेकन महतोको इनारमा करिब २० घर परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत ५०/६० फिट मुनिबाट अलिअलि पानी आउने गरेको छ । साह भन्छन्– ‘इनारको पानी धमिलो आउने गरेपनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।’

उत्तरी क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकसहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

यता, सिरहा क्षेत्र नम्बर–५ का निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले सिरहा लगायत तराईका उतरी क्षेत्रमा खानेपानीको समस्या रहेकोले यसलाई चाँडै समाधान गर्ने पटक–पटक भाषणबाजी गरेपनि व्यवहारमा नदेखिएको स्थानीहरुको गुनासो गरेका छन् । एमाओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले चुनावको समयमा झुठो आश्वासन दिई मत लिएकोले अबदेखि यस्तो आश्वासनमा नठगिने बताउँदै स्थानीयहरु सरकारको रबैयाप्रति आक्रोश समेत व्यक्त गरे ।

त्यस्तै, नेपाल सरकारका सिँचाईमन्त्री उमेश यादवले अनुगमनका क्रममा खानेपानीको समस्या तत्काल अन्त्य गर्ने बताएपनि कुनै कार्य अगाडी नबढेको बताइएको छ । खानेपानीको समस्या उक्त क्षेत्रमा बर्षौंदेखि रहेपनि कुनै सरोकारबालाले यसप्रति चासो नदेखाउँदा स्थानीयहरु निराश बनेका छन् ।

सिरहा ५ बाट प्रचण्डले चुनाव जितेपछि स्थानीयमा केहि आशा पलाएपनि अहिले आएर निराश बनेका छन् । खानेपानीको समस्या समाभान गर्नका लागि सिरहाका सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएपनि कसैले चासो नलिएको कुनै सरोकारवालाले यसप्रति चासो नदेखाउँदा स्थानीयहरु निराश बनेका छन् ।

Tuesday, May 3, 2016

रबिन्द्र मिश्रलाई खुल्लापत्र -तपाईं मिडिया आइकन हो ?

रबिन्द्र मिश्रलाई खुल्लापत्र- तपाई मिडिया आइकन हो ?

प्रकाशित मिति :  बुध, मंसिर २३, २०७२
ईश्वर अर्याल


आदरणीय रबिन्द्र मिश्र ज्यु नमस्कार !



१२ घन्टाको ड्युटी पश्चात् कोठामा आएर नुहाइधुवाइ सकेर, खाना पकाएर खाइसके पछिको यो सुत्नु भन्दा पहिलाको आधा घन्टाको समयमा तपाइँको करिब १८ हजार सेयर भएको नयाँ अर्थ-राजनीति सम्बन्धी लेख पढेर तपाईलाई खुल्लापत्र लेख्न गैरहेको छु । आजकल त यो खुल्लापत्र पनि फेसन भैसक्यो, जसले जसलाई लेखे पनि हुने, जे भन्दिए पनि हुने, आशा छ पढ्नुहुनेछ ।

पत्रकारले त नन-फिक्सन पो लेख्नु पर्छ, पल्पसा क्याफेको यो डाइलग मनमा आयो । तपाइँले फिक्सन लेख्न हुन्न भन्ने मेरो भनाइ हैन, तर पनि कहाँ कहाँनेर यो लेख अड्केको छ, ३ करोडमा १८ हजार सेयर भएर पनि कता कता २ करोड, उनान्सय लाख बयासी हजारको भाका यसमा समेटिएको मलाई चाहिँ लागेन ।

तपाईले सायद याद गर्नु भयो भने करिब एक हप्ता अगाडि तपाईंको फेसबुक पेजमा मैले म्यासेज छोडेको थिएँ, बिदेशमा विशेष गरेर गल्फमा बस्ने मध्ये करिब ५०० जनाको प्रतिनिधित्व गरेर लेखिएको म्यासेज थियो त्यो, मैले भनेको थिएँ, हामिले नेपालको वर्तमान उर्जा संकटलाइ निमिट्यान्न पार्ने काममा एक कदम अगाडि हामी बढ्न चाहन्छौ र खब्बुस खाएर बचेको एक महिनाको पैसा हामिले जलविद्युत आयोजनामा लगानी गर्छौं, त्यसको लागि यहाँले केही पहल या सुझाव दिनु पर्यो भनेर । अर्को दिनमा तपाईले मलाइ म्यासेज गरेर भन्नुभएको थियो, “प्रिय इश्वरजी, यसको बिषयमा मलाइ भन्दा जीवा लामिछाने जीलाई सोध्नुस, म यसको बिज्ञ होइन ।” मैले अझै स्पष्ट पार्न खोजेको थिएँ, तपाइले रिप्लाइ गर्नु भएन ।

मलाई तपाइँको त्यो जवाफ चित्त बुझेर या नबुझेर कसैलाई केही फरक पर्दैन । जीवा लामिछानेलाई मैले मात्र हैन, अरब र मलेसिया बस्नेहरु मध्ये धेरैले चिन्दैनन । मलाइ त लागेको थियो, हाकाहाकी दिनदिनै नेताहरुलाइ हप्काउने तपाइँ सङ्ग बिज्ञता छ, आज यस्तो लेख लेख्ने तयारी गर्दै हुनुहुदो रहेछ, मेरो कन्सर्न सुन्ने फुर्सद सायद त्यतिबेला नभएको पनि हुन सक्छ ।

अब कुरा गरौं, नया अर्थ राजनीतिको, तपाईलाई धेरै बिदेशी अर्थशास्त्री र राजनीतिज्ञको बारेमा थाहा रहेछ, तिनिहरुको देश बदल्ने शुत्रहरुको बारेमा पनि थाहा रहेछ । वास्तविक परिस्थिती भन्दा बाहिर गएर बिदेशी जलप लगाइएको यो लेख पढ्दा म जस्ताहरु कति खुसी भए होलान र कति दुखी भए होलान ।

नयाँ शक्ति भनेको पुरानो चामल नयाँ बोरामा हालेजस्तो हैन भन्नुभएको रैछ, मलाइ भन्न मन लागेको चाहिँ नया शक्ति भनेको बिदेशी चामल नेपाली बोरामा हालेर मेड इन नेपाल पनि लेख्नु होइन ।

शक्तिकै कुरा गर्ने हो भने अहिलेको समय गतिशक्ती ह्रास भएर देश स्थितिशक्तीमा निक्षेपण भएको अवस्था हो । कारपुलको बारेमा थाहा रहेछ तपाईलाई लाखौं युवाहरु बिना नेतृत्व राष्ट्रियता जोगाउने काममा संगठित बनेको देख्दा तपाइँलाई लाग्नु पर्ने हो यो रिजर्वायरमा जम्मा भएको पोटेन्सियल इनर्जीलाई एउटा टर्वाइन दिन सक्ने हो भने हज्जारौं मेघावाटको उर्जा मिल्न सक्ने थियो, तर बिडम्बना तपाई देशको एक नमुना ब्याक्तित्व भए पनि जीवा लामिछानेको पछि लाग्नुहुदो रहेछ, जसले दुख परेको बेलामा जायजेथा बेचेर अमेरिका, युरोप जस्ता देशमा गएर ग्रीनकार्ड लिएर बसेका मानिसहरुको प्रतिनिधित्व गर्ने गर्दछन । मलाई जानकारीमा आए अनुसार जीवाको संगठनले आफ्नो इज्जत जान्छ भनेर कतार, दुबई र साउदीमा लेबर काम गर्ने हज्जारौं मजदुरहरुलाई सदस्यता बितरण गर्न मानेका छैनन अरे ।

कुल जिडिपीको २२/३० प्रतिशत सम्म धानेका यिनै मजदुरहरुले हुन । मैले एनआरएनको दस्तावेजमा एकपटक पढेको थिएँ, नेपालमा लगानी गरिसके पछिको आएको प्रतिफल डलरमा साटेर सोही देशमा फर्काउन मिल्ने रहेछ । यदि यसो हो भने र तपाई अझै पनि हामी जस्ता युवाहरुलाइ जीवाको शरणमा पठाउन खोज्दै हुनुन्छ भने यत्रो मिहिनेत गरेर लेखेको तपाइँको यो लेखको सान्दर्भिकता बिलकुल ऋणात्मक हुनेछ ।

मलाई तपाईंको परोपकारी अक्षयकोषको बारेमा पनि बोल्न मन नलागेको हैन, साथसाथै रातो बङ्गला संगको तपाइको सम्बन्ध पनि मलाई जान्न मन नलागेको हैन । तर यी तमाम यथार्थहरुलाई छोडौं, तपाइँले त अहिले भैरहेको नाकाबन्दी, यसको कारण र यसको असर बारे पनि बोल्ने आवश्यकता ठान्नु भएन । अनि तपाइँको नयाँ अर्थ-राजनीतिले अहिलेको देशको भाषा नबोलेर बिदेशी भाषा बोल्छ भने, तपाईं देशको लागि बोल्दै हुनुन्छ् भनेर पत्याउन सकिने आधार के रह्यो र ?

आउनुहोस, हामीलाई प्रयोग गर्नुहोस, हामिले पठाएको अरबौ रुपयालाइ परिचालन गर्नुहोस, भनेर हामिले धेरै भन्यौं । तपाई मिडिया आइकन हो, कति बर्ष बेलायत बस्नु भयो तर तपाईलाई कति थाहा होला र, हामी त त्यस्तो देशमा बस्छौं, जहाँ बेलायतीहरु पनि आएर हामिले भन्दा धेरै काम गर्छन । पैसा लिनुस, योजना बनाउनुहोस र देशलाई अगाडी लैजानुहोस भनेर हामिले दिनदिनै गरेको अपिलको अगाडी तपाईको मसिनो र क्षुद्र जवाफ छ, “जीवा लामिछानेलाई भेट्नुहोस, म यसको बिज्ञ होइन ।”

यदि जलविद्युतको बिज्ञता पनि छैन र बिज्ञ पनि खोज्न सक्नुहुन्न भने तपाईको अगाडि माइक नै सुहाउछ, कृपया पत्रीकामा नेल्सन मण्डेलाले जस्तो भाषण नगरिदिनुहोस।

के. पि ओलको घरमा दुईवटा बाल मजदुर फेला परयो । के .पि ओलि मौन ।

जनकपुर ४ गते बैशाख २०७३
नेपालको बर्तमान प्रधानमन्त्री के .पि  ओलिको घरमा बैशाख ४  गते 
दुईवटा  बच्चालाई कामगरेको sky nepal का सचीव सुमन शेर्पा  देखिए थियो । सचिव सुमनको  अनुसार ती बच्चाहरु  रोल्पाको स्याङ्जा थैली  गाउँका हुन । इ बच्चाका आमा बुवाको नाम अहिले पता लागेका छैन्न ।  नेपालमा कहिलै बालबिवाहा र बाल मजदुरि कम हुन्छ भने कसरी गरिन छ । के . पि ओलि शर्माले नेपालका नगरिक्को अँखाना धुलो हैन सिदै बन्दुकको गोलि हानिएको छ । madia को अगाडीमा देश भग्तिको कुरा र घरमा 7-8 बर्षको बच्चालाई 2500 सय  तलब दिएर आफ्ना घरका झुठो भाडा दुलाउने यो कुन किसिमको रास्ट्रवाद होला त । गाउँका करिब बच्चाहरुलाई  देशका प्रधानमन्त्रीनै बाल मजदुरीमा लगाएयो भने बेलायत र अस्ट्रेलियामा नेपालीको गरिब बच्चालाई तस्करी हुन बाट कसरी जोगिनछ । प्रधानमन्त्री kp oli शर्माले यस्बारेमा अहिले केही टिप्पणी गरेका छैन्न । यस्को बारेमा पुर्ब प्रधानमन्त्री बाबुराम भ...... लगायत मधेशी फरमका अध्यक्ष याद्बले यस्माथी कानुनी करवाइ को माग गरेको छ ।
http:// sikindarkapar.weebly.com
धन्यवाद !