Thursday, May 12, 2016

भारतीय साँसदले भने चिनको आड लिएर नेपालले धम्क्यायो । भारतले पनि नेपाल लाई दियो जबाफ ।

भारतीय सांसदले भने– चीनको आड लिएर नेपालले धम्क्यायो

जनकपुर | २०७३ बैशाख २९ बुधवार 60803 पटक पढिएको।

मोदीकै पार्टीका सांसद् भने ‘नेपालको सीमामा पूरै बार लगाउनुपर्छ’
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका एक सांसदले नेपालले चीनको आड लिएर भारतलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।

बुधबारको लोकसभा बैठकमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका हुन् ।


सांसद दुबेले शून्य समयमा लोकसभामा बोल्दै भने, ‘चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ ।’

दुबेले भारतले नेपालप्रति कठोर नीति बनाएर नेपालको सीमामा पूरै बार लगाउनुपर्ने समेत बताएका छन् । कमजोर मुलुक भए पनि नेपालले भारतलाई धम्क्याएकोप्रति आक्रोशित भएका दुबेले नेपालको सीमामा भारतले पाकिस्तान र बंगलादेशमा जस्तै बार लगाउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनले नेपालसँगको १४ सय ८५ किलोमिटर दूरीमा पूरै बार लगाउनुपर्ने धारणा व्यक्त गरेको समाचारमा उल्लेख छ ।

उनले नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण स्थगित गरेको, भारतका लागि नेपाली राजदूत फिर्ता बोलाएकोप्रति समेत आक्रोश व्यक्त गरे । उनले नेपालले भारतीय राजदूतलाई समेत फिर्ता पठाउने योजना बनाएकाले भारतले नेपालप्रति कठोर नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

सांसद दुबेले सन् १९५० को सन्धि अनुरुप भारतले नेपाललाई सहयोग गरेको तर नेपालले चीनको आडमा भारतलाई धम्क्याउने गरेका दाबी गरे ।


कांग्रेसका सांसद ज्योतिरादित्य सिंधियाले भने नेपाल भारतसँग परनिर्भर रहेको र यो कुरा सही नभएको बताएको हिन्दुस्थान अनलाइनले जनाएको छ ।

नेपालको चर्को विरोधमा उत्रिएका दुबेले नेपालप्रति जवाहरलाल नेहरु, इन्धिरा गान्धी र राजीव गान्धीले अघि सारेको नीतिकै कारण समस्या आइपरेको समेत बताए । 

No comments:

Post a Comment