Thursday, May 12, 2016

सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई जनतासमक्ष माफी माग्न निर्देशन


सीके राउतको अन्तर्वार्ता लिने एबीसी टेलिभिजनलाई जनतासंग माफी माग्न निर्देशन


 जनकपुर , ३० बैशाख, प्रेस काउन्सिल नेपालले सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई जनतासमक्ष माफी माग्न निर्देशन दिएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहीबार बसेको बैठकले एविसी टेलिभिजनलाई आम जनतासमक्ष विखण्डनको अभिव्यक्ति दिने राउतको अन्तर्वार्ता प्रसारण गरे वापत क्षमा याचना गर्न निर्देशन दिएको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए ।

०७२ साल चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्तावाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० ९संशोधित तथा परिमार्जित–२०६४० को दफा ४ ९१० को गम्भीर उल्लङ्घन भएको भन्दै काउन्सिलले उक्त निर्देशन गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

एविसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउँदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।  
जवाफमा टेलिभिजनले अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।

काउन्सिलले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर्‍याएको कार्कीले बताए ।

No comments:

Post a Comment