Friday, May 13, 2016

भारतलाई गाली गर्नु भन्दा पहिला यस्तो गर्न सक ए रास्ट्रबादीहरु ।

भारतलाई गाली गर्नु भन्दा पहिला यस्तो गर्न सक ए राष्ट्रवादी हरु । 


 कनकपुर : बैशाख २९  चीनको रेल नेपाल आउने – यो समाचार अरु हावादारी समाचारहरु पचाए झै ‘यस्तै त हो नि नेपालमा’ भनेर पचाउने कुरा हो। तैपनि, यो समाचार सुनेर खुशीले ३ बित्ता उफ्रँदै नाचु झै गरी खुशी भएका राष्ट्रबादीहरुलाई एउटा सानो सन्देश छ।

यति सानो कुराले भारत आतियो, भारतको शेखि झर्यो भनेर पुग्दैन । भारतको शेखि झार्ने नै हो भने यस्तो झीनामसिना कुरा गरेर हुन्छ र ? अलि स्वादिलो दनक दिनु पर्यो नि । 

जस्तो कि नेपालको राष्ट्रबादि सरकारले निर्णय लिनु पर्यो कि ‘भारत र चीनलाई समदुरीमा राख्ने नीति मुताविक चीनियाँ नागरीकलाई नेपाल प्रवेश गर्न आवश्यक भिसा प्रक्रिया खारेज गरी भारतीय नागरीकलाई झै बिना भिसा बेरोकटोक नेपाल प्रवेश गर्न दिइने छ भनी घोषणा गर्ने र तत्काल लागू गर्ने ।’ (सरकार ढल्यो भने के हो के हो, अहिल्यै गरी हाल्न पर्छ यस्तो राम्रो काम)
दुष्ट भारतलाई भिसा नचाहिने, त्यत्रो रेल नै पठाउने चीनलाई भिसा चाहिने ? यो त असाध्यै भएन । मित्रराष्ट्र चीन माथि घोर अन्याय भयो ।
यस्तै गरी नेपालले भारतलाइ दिएको सुविधाहरु पनि सबै चीनलाइ पनि दिने । जस्तो कि –
१) चीनबाट पण्डित खोजेर ल्याइ पशुपतिमा पुजा गर्न लगाउने
२) नेपाली सेनाको सेनाध्यक्षलाइ चीनको मानार्थ सेनापति बन्न पठाउने
३) नेपाली नेताहरुको भान्छा भान्छामा लुंगि र चप्पल लगाएका भारतीय राजदुत मात्र हैन अण्डरवेर र गन्जी लगाएका चिनिया राजदुतलाइ पनि उस्तै गरी दौडधुप गराउने
४) ५०% तेल, ग्याँस, खाद्य सामाग्रि, तरकारी फलफुल, बिजुलि, आदि सबै सामान चीनबाटै मगाउने
५) हिमालमा अर्को एउटा पूर्व पश्चिम राजमार्ग बनाउने
६) चिनिया नाङ्गे बाबाजिहरुलाइ शिवरात्रिमा भाङ निशुल्क बाँड्ने
७) दक्षिणतिर बगेको खोलाको आधि पानी उत्तर दिशातिर बगाइदिने
८) खसभाषा शब्दकोषमा आधि शव्दहरु झिकेर चिनिया शब्दले भर्दिने
९) दिनको एकछाक अनिवार्य चिनियाँ खाना खानै पर्ने नियम ल्याउने                                                १०) हलहरुमा हिन्दि फिल्म जति देखाउँछ, त्यति नै चाइनिज फिल्म देखाउनु पनें हैन भने हलको दर्ता खारेजि गर्ने
११) टेलिविजन मा पनि हिन्दी च्यानल जति छ, त्यति नै चाइनिज च्यानल देखाउनु पर्ने हैन भने लाइनवालाको दर्ता खारेजि गर्ने
यस्तै यस्तै अरु पनि टन्नै थपम है, अनि त्यसपछि त्यो मोदिको फुर्ति हेरम न । कति रमाइलो हुन्छ है त्यसको शेखि झर्दा .. होइन भने यस्तो झीना मसीना कुरा मा उफरेर के भारतलाई के पीर परयो र ?

आखिरमा  चिनिया रेल बाट आउन लागेको समान भन्दा दोब्बर त बिरगंजको नाका बाट हरेक दिन आउछ नै… खै भारत प्रति उफरेको ?  चिनिया को सानो खबर मा उफरे झै उफरिने हो भने त बर्ष को हरेक दिन भारत भक्त हुने होला नि !  अपन बिरगंजको post बाट  साभार 

No comments:

Post a Comment