Saturday, May 14, 2016

भारतलाई गाली गर्नेलाई ठुलो झटका । राजदुत फिर्तीलाई भारतीय सम्बन्धसंग नजोड्नुस् : प्रधानमन्त्री


वैशाख ३१, २०७३ 
बैशाख ३१,जनकपुर 

प्रधानमन्त्री केपी ओलीले काठमाडौँ तराई द्रुत मार्ग नेपाल सरकार आफैले निर्माण गर्ने बताउनुभएको छ । व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढ द्रुत मार्ग निर्माण गर्न सरकार सक्षम भएकाले आफैले निर्माण गर्ने प्रष्ट पार्नुभएको हो ।


नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, सांसद विमलेन्द्र निधीले ग्लोबर टेण्डर आव्हान गरी विदेशी कम्पनीलाई निर्माण जिम्मेवारी दिएको अवस्थामा स्वदेशी लगानीमा निर्माण गर्ननहुने आशयका धारणा राख्नुभएको थियो ।

विकास समिति र अर्थ समितिले दिएको निर्देशनको प प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउनु नेपाल सरकारको निजि धारणा भएको स्पष्टिकरण दिनुभयो । उहाँले भारतसंग सुध्रिन लागेको सम्बन्ध पनि विभिन्न भ्रम छरेर बिगार्न लागि परेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले न्यायालयमा हस्तक्षेप गरेको प्रसंगमा न्यायाधीश नियुक्तीमा वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट पार्नुभयो ।

मधेश समाधान सम्बोधनका लागि गम्भीर रहेको भन्दै प्रधानमन्त्रीले समस्या सम्बोधनका लागि सरकारले नयाँ कार्यक्रम प्रस्ताव गर्ने उल्लेख गर्नुभयो । चुरे क्षेत्र संरक्षणमा पनि सरकार लागि परेको बताउदै उहाँले फेवाताल खुम्चँदै जानुमा भुक्षय मुख्य कारण रहेको दावी गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्र निर्माणको संकल्प रहेको भन्दै यसको कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । प्रभावकारी कर्मचारीतन्त्रमार्फत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।

यसैबीच संसदले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । संसदको अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।




प्रकाशित:वैशाख ३१, २०७३

No comments:

Post a Comment