Wednesday, May 4, 2016

एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासिको ४ प्रश्न ??? ¥¥¥¥¥®®®®°`´

एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासीको ४ प्रश्न

वैशाख २१  |   सिकिन्द्र कापर धनुषा धाम{ धरमपुर -५}

१. सिरहासँगको लभ के भयो ?
२. चुनाव जितिसकेपछि प्रत्येक महिना १ गतेदेखि ५ गतेभित्र सिरहा जसरी पुग्छु भनेको के भयो ?
३. सिरहामा भएको खानेपानीको हाहाकार र सम्सुयाको सामाधान गर्छु, आँगन–आँगनमा पानी पुग्छ । यो मेरो बचन भन्नुभएको थियो, के भयो ?
४. आफ्नो हात काटेरा हजुरलाई भोट हालेको छु, तर के पायौं हामीले ? न विकास न पानी ।

सिरहा– सिरहामा खानेपानीको हाहाकार भएको छ । बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको ईनार कल सुकेका कारण सो क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको छ । धनगढी गाविस वडा नम्बर–७ चैनपुर र बिष्नपुरुकटी गाविसको भोर्लेली ढुङ्गाना टोल, चमार टोल, चारभइया टोल, सोमन टोल, बेङ्ङाडाबरलगायतका ठाँउमा पानीका मुहान सुकेपछि स्थानीयले १ बाल्टी पानी भर्नलाई रातभर ईनार कुरेर बस्नुपरेको स्थानीय दिनेश भट्टराईले बताएका छन् ।

कल र ईनारमा पानी सुकेपछि रातभर गाउँलेको ईनारमा जमेको लेदो जस्तो पानी थाप्न जागरम बसेसरी बस्ने गरेको बिष्नुपुरकटी गाविस भोर्लेनीकी स्थानीय अन्जना दाहालले बताइन् ।

रातभर कुरेर लेदोसहितको पानी समेत पाउन मुस्किल भएको उनको भनाई छ । आसपास पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्याले सास्ती खेप्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । खानेपानीको अरु विकल्प नभएकाले त्यही लेदोसहितको पानी खाँदा स्वास्थ्यमा समस्या हुने र महामारी फैलने समेत डर भएको भन्दै स्थानीय चिन्तित बनेका छन् । कमसेकम विकास त नदिए पनि पिउनको लागि पानीसम्म व्यवस्था सरकारले गराउनु पर्ने दिनेश भट्टराईको माग छ । खानेपानीको ईनार कल सुकेका कारण स्थानीयले नदि खोलाको पानी खान बाध्य छन् ।

गोविन्दपुर, बस्तीपुर, धनगढी, नैनपुर, चन्द्रयपुर र जमदहलगायतका स्थानहरुमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको स्रोतहरु ईनार, ट्युबेल र धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीय एमाओवादी नेता देवनारायण महतोले गुनासो पोखे । विगत ७ वर्षदेखि विभिन्न निकायले आशा दिई निराश मात्रै गर्ने गरेको महतोले बताए ।

‘गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन्, गाउँमा रहेका २० वटा इनारमध्ये १७ वटा सुकिसकेको छ । स्थानीय ज्ञानकुमार सिंहले भने, ‘खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटर दुरीको अर्को बस्तीमा पुग्नुपर्ने बाध्यता छ ।’ ईनारका लागि पटक–पटक प्रयास गरिए पनि सम्बन्धित निकाय मौन देखिएको उनको भनाई छ ।

त्यस्तै, गोलबजार–१० स्थित धरमपुरमा पनि खानेपानिको स्रोत नहुँदा घुर्मी खोलामा कुवा उतखन्न गरी करिब ४० घरधुरीले सिमित मात्रामा दैनिक ६० लिटर पानी मात्र उपभोग गर्ने गरेका छन् । यता, मगर, महतो, साह, मुसहर र डोम जातीको करिब दुई सय घर बसोबास रहेको चन्द्रोदयपुरमा पानीको स्रोतको रुपमा २ वटा कुवा मात्र संचालनमा रहेका छन् ।

सार्वजनिक र निजी गरी ३ वटा इनार रहेपनि पछिल्लो ५ वर्षदेखि एक सार्वजनिक र दुई वटा निजी गरी ३ वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय कामेश्वर साहले बताए । गोलबजार–९ मा फेकन महतोको इनारमा करिब २० घर परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत ५०/६० फिट मुनिबाट अलिअलि पानी आउने गरेको छ । साह भन्छन्– ‘इनारको पानी धमिलो आउने गरेपनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।’

उत्तरी क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकसहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

यता, सिरहा क्षेत्र नम्बर–५ का निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले सिरहा लगायत तराईका उतरी क्षेत्रमा खानेपानीको समस्या रहेकोले यसलाई चाँडै समाधान गर्ने पटक–पटक भाषणबाजी गरेपनि व्यवहारमा नदेखिएको स्थानीहरुको गुनासो गरेका छन् । एमाओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले चुनावको समयमा झुठो आश्वासन दिई मत लिएकोले अबदेखि यस्तो आश्वासनमा नठगिने बताउँदै स्थानीयहरु सरकारको रबैयाप्रति आक्रोश समेत व्यक्त गरे ।

त्यस्तै, नेपाल सरकारका सिँचाईमन्त्री उमेश यादवले अनुगमनका क्रममा खानेपानीको समस्या तत्काल अन्त्य गर्ने बताएपनि कुनै कार्य अगाडी नबढेको बताइएको छ । खानेपानीको समस्या उक्त क्षेत्रमा बर्षौंदेखि रहेपनि कुनै सरोकारबालाले यसप्रति चासो नदेखाउँदा स्थानीयहरु निराश बनेका छन् ।

सिरहा ५ बाट प्रचण्डले चुनाव जितेपछि स्थानीयमा केहि आशा पलाएपनि अहिले आएर निराश बनेका छन् । खानेपानीको समस्या समाभान गर्नका लागि सिरहाका सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएपनि कसैले चासो नलिएको कुनै सरोकारवालाले यसप्रति चासो नदेखाउँदा स्थानीयहरु निराश बनेका छन् ।

No comments:

Post a Comment