Tuesday, July 12, 2016

कांग्रेस–माओवादीबीच सातबुँदे सहमति, मधेश आन्दोलनको माग सम्बोधन गर्ने प्रतिबद्धता



जनकपुर , २८ असार ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार निर्माणका लागि एक सहमतिपत्रमा कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।

सो सहमति पत्रको प्रथम बुँदामा मधेश आन्दोलनमा उठेका मागहरुलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका मागहरु सम्बोधन गर्न संविधानमा आवश्यक सम्बोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने उल्लेख गरिएको छ । 

देशमा शान्ति, सुरक्षा र सुशासनको प्रत्याभूति गर्न कालोबजारी, कृत्रिम अभाव, महँगी अन्त गरी दैनिक उपभोगका सामग्री सहज उपलब्ध हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

No comments:

Post a Comment