Friday, July 15, 2016

Braking News: चिनको सेनाले मारियो २३ जना भन्दा धेरै सेना पूरा खबर आउन बाकी

- चीनले नेपालको सीमा क्षेत्रका नाकामा ग्रिनबेल्ट 

बनाउने प्रतिवद्धता जनाएको छ । वातावरण 
संरक्षणसँगै विकासका पूर्वाधारमा लागिरहेको चीनले नेपालसँगका नाका सडकमा बनाउने पूर्वाधारमा ग्रिनबेल्ट पनि निर्माण गर्न चासो देखाएको हो ।

चीनले तत्काल तातोपानी नाका र केरुङ नाकामा ग्रिनबेल्ट बनाउने, क्रमश: अन्य नाकामा पनि  बनाउँदै जाने नेपाली प्रतिनिधिमण्डललाई जानकारी दिएको छ ।

बुधबार बेइजिङमा वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटासँगको कुराकानीमा चिनियाँ समकक्षी चङ चिआन लोङले उक्त कुरा बताएका हुन् ।

चिनियाँ राष्ट्रिय वन ब्युरोका महानिर्देशक चङ चिआन लोङ मन्त्री सरहको तहमा भएकाले चङसँग सापकोटाले बुधबार अपरान्ह चीनको वन प्रशासन ब्युरोको कार्यालयमा कुराकानी गरेका थिए ।

राजदूत महेश मास्केले कान्तिपुरलाई बताए अनुसार चीनले जैविक विविधता, भूसंरक्षण, जडिबुटी संरक्षण, लोपोन्मुख जीवजन्तुको संरक्षण आदि क्षेत्रमा नेपालसँग सहकार्य गर्न प्रतिवद्धता जनाएको छ ।

वार्तामा मन्त्री सापकोटाले मूलत: तीनवटा परियोजनामा सघाउन चीनसँग अनुरोध गरेका थिए । भक्तपुरको सूर्यविनायकमा स्थापना हुने बन्यजन्तु उद्यान अर्थात् चिडियाघरका लागि प्राविधिक तथा आर्थिक सहयोग आवश्यक रहेको चिनियाँ समकक्षीसमक्ष मन्त्री सापकोटाले राखेका थिए ।

त्यसैगरी वन्यजन्तु संरक्षण तथा अध्ययन अनुसन्धानका लागि बन्यजन्तु विधि विज्ञान प्रयोगशालाका लागि पनि उनले चीनसँग आर्थिक तथा प्राविधिक सहयोग माग गरेका थिए ।

यही परियोजना अन्तर्गत चीनले नेपालका लोपोन्मुख जीवजन्तु संरक्षण र जटिबुटीको खोज तथा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो । मन्त्री सापकोटाले राखेको अर्को परियोजना सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र स्र्थापना गर्ने रहेको थियो ।
    
बुधबार बिहान नेपालको वन तथा भूसंरक्षण मन्त्रालय र चीनको राष्ट्रिय वन व्युरोबीच स्थापित संयुक्त कार्यदल ‘जोइन्ट वर्किङ ग्रुप’को चौथो बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव विश्वनाथ ओलीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व चीनको राष्ट्रिय वन ब्युरो अन्तर्गत अन्तराष्ट्रिय सहयोग विभागकी उपप्रमुख चाङ होङ यानले गरेकी थिइन् ।

बैठकमा हिमाली क्षेत्रको जलवायु परिवर्तनका नकारात्मक असरहरु कम गर्न, हिमाली क्षेत्रका वन्यजन्तु हिमचितुवा लगायतका जनावरको संरक्षण गर्न र हिमाली क्षेत्रको जडीबुटी संरक्षण गर्ने विषयमा छलफल भएको बैठकमा नेपाली पक्षका नेता सहसचिव विश्वनाथ ओलीले कान्तिपुरलाई बताए ।

संयुक्त कार्यलको पाँचौ बैठक नेपालमा बस्ने पनि सहमति भएको छ । नेपाल र चीनबीचमा सन् २०१० जुनमा वन तथा जैविक विविधता संरक्षण सम्बन्धमा द्वीपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

No comments:

Post a Comment