Friday, July 15, 2016

प्रधानमन्त्री ओलीको समर्थनमा यसरी सडकमा उत्रिए युवा (भिडियोसहित)


शुक्रबार, ३१ आषाढ, २०७३ मा प्रकाशित, 36670 पटक हेरिएको


काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले माइतीघरमन्डलामा प्रदर्शन गरेका छन् ।

शुक्रबार युवाहरुले प्रधानमन्त्रीमा ओलीकै निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् । युवाहरुले राष्ट्रिय झन्डा र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

ओलीले राष्ट्रिय स्वाभिमान बचाएको, भारतीय नाकाबन्दीको सामना गरेको, मुलुकलाई विकासको बाटोमा अग्रसर बनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सामाजिक सन्जालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’को अगुवाइमा प्रदर्शन गरिएको हो ।

No comments:

Post a Comment