Friday, July 15, 2016

Braking News: जानकी मन्दिरका महन्थ रामतपेश्वरविरुद्ध रिट दायर


निजी अस्पताललाई गैरकानूनी ढंगले मन्दिरको जग्गा लीजमा दिएको आरोप

किरण कर्ण / सञ्चारक
जनकपुर, असार ३१ ।
जानकी मन्दिर अधिनस्त फुलबारीको जग्गा अतिक्रमण गरी एउटा निजी अस्पताल निर्माण भइरहेको भन्दै स्थानीय युवाको एक समूहले जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित दर्जनौं सरोकारवाला उपर पुनरावेदन अदालत जनकपुरमा मुद्दा दिएको छ ।

अगुवा युवक सुशिल कुमार कर्णसहितका युवाले पुनरावेदन अदालत जनकपुरमा उत्प्रेषण, परमादेश तथा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएको हो । पुनरावेदन अदालतले सो रिटलाई दर्ता गरी  आइतबारका लागि पेशी तोकेको छ ।

जानकी मन्दिरको फुलबारीमा मन्दिरका महन्थ र जानकी मन्दिर सञ्चालक समिति तथा रामजानकी हस्पिटल प्रालिसमेतको मिलोमतोमा जनकपुर वडा नम्बर ६ सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ को ०–१४–२–३ जग्गा रामजानकी हस्पिटल खोल्न ठेक्का सम्झौता गरिएको छ ।

फुलबारीको जग्गालाई ठेक्कामा दिएर सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आस्थामा चोट पुर्याउने कार्य भएको र सार्वजनिक सम्पती अतिक्रमण हुन जाने भएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुर र सो कार्यालयका प्रमुख, सोही परिषदका अध्यक्ष, जानकी मन्दिर विकास समिति, मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जानकी मन्दिर, धनुषाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुर उपमहानगरपालिकाको कार्यालय र सो कार्यालयका प्रमुख, रामजानकी हस्पिटल प्रालिको सञ्चालक समिति, गुठी संस्थानको धनुषा शाखा कार्यालय र सो कार्यालयका प्रमुखसहितलाई विपक्षी बनाई रिट निवेदन दिइएको छ ।

फुलबारीको जग्गालाई विपक्षीहरुको मिलोमतोमा जानकी मन्दिरको महन्थलगायतका जानकी मन्दिर विकाससँग सम्बन्धित व्यक्ति र जानकी मन्दिर व्यवस्थापन समितिले गैरकानुनी तरिकाले २१ वर्षका लागि लीज (ठेक्का)मा दिएका छन् ।
युवकहरु सुशील कर्ण, किसनकुमार मण्डल, बिटुकुमार पञ्जियार र मोहनकुमार रौनियारलगायतकाले तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को सहयोगमा रिट निवेदन दायर गरेका हुन् भने सो मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ता कौशलेन्द्र लाल कर्णले बहस गर्नेछन् । 


रिट निवेदक सुशील कर्ण

सो रिटमा जानकी मन्दिर धार्मिक र साँस्कृतिकरुपले सम्पन्न मैथिली सभ्यताको धरोहर भएको भन्दै यस्तो धरोहरमा र सोको सम्पतीहरुमा कसैले कुनै प्रकारबाट हनन गर्न नपाउन तथा जानकी मन्दिरको सम्पती संरक्षण होस् भन्ने उद्देश्यले सरकारले विभिन्न निकाय बनाए पनि ती विपक्षी सरकारी कार्यालयहरु सोप्रति ध्यान नदिएको हुँदा रिट निवेदन दर्ता गराइएको उल्लेख छ ।

रिट निवेदनमा. जनकपुर उपमहानगरपलिका वडा नं. ६ स्थित क्षेत्रफल ०–१४–२–३ जग्गाको सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ रहेको जानकी मन्दिरको फुलबारीको जग्गालाई कुनै प्रकारबाट अक्रिमण हुन नदिन विपक्षीहरुको नाउँमा निषेधाज्ञाको अन्तरिम आदेश जारी गरी उत्प्रेषणको आदेशबाट ठेक्काको सम्झौता बदर गर्दै जानकी मन्दिरको सो सम्पती संरक्षण गर्न परमादेशको आदेश जारी गरी पाउँ भनि माग गरिएको छ ।

फुलबारीको जग्गालाई विपक्षीहरुको मिलोमतोमा जानकी मन्दिरको महन्थलगायतका जानकी मन्दिर विकाससँग सम्बन्धित व्यक्ति र जानकी मन्दिर व्यवस्थापन समितिले गैरकानुनी तरिकाले २१ वर्षका लागि लीज (ठेक्का)मा दिएका छन् ।

ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक धरोहर जानकी मन्दिरको क्षेत्राधिकारभित्रको सो सार्वजनिक जग्गामा जानकी मन्दिर र जानकी हस्पिटल प्रालिबीच सम्झौता भई गैरकानूनी तरिकाले अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भईसकेको छ । निर्माण कार्य दु्रतगतिमा भइरहेको छ ।

रिटमा गैरकानुनीरुपमा भइरहेको अस्पताल निर्माण कार्य रोक्नुका साथै सम्झौता बदर गर्न पनि माग गरिएको छ ।

No comments:

Post a Comment