Tuesday, July 12, 2016

संशोधन नभएसम्म कुनै पनि सरकारमा जाँदैनौं : गठबन्धन संयोजक


जनकपुर : असार २८ ।

 संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनले सविधान संशोधन नभएसम्म कुनै पनि सरकारमा नजाने स्पष्ट पारेको छ ।

आवश्यक नै परियो भने नयाँ सरकार बनाउन सहयोग गरिदिन्छौ तर सरकारमा जान्नौ बिषेश कुराकानीमा सघिंय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने “हाम्रो पहिलो प्रथमिकता हाम्रो माग पुरा हुनु हो सरकार तिर हामि सोचेका छैनौ ।”

गठबन्धनमा आबद्ध मधेसकेन्द्रित दल र जनजाति समूहहरु यति बेला राजधानीमा अनसन बसिरहेका छन् । गठबन्धनका संयोजक समेत रहेका यादवले माओवादीले सरकारबाट समर्थन लिने निर्णयलाई आफूहरुले स्वागत समेत गरिसकिएको बताए ।

३६ दिनदेखि रिले अनसनमा रहेको जनाउदै गठबन्धनका दलहरु जुनै सरकार आए पनि संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताए ।

No comments:

Post a Comment