Wednesday, July 13, 2016

घुस नदिँदा सप्तरीमा मालपोत कर्मचारीबाट सेवाग्राही निर्घात कुटिए (फोटो फिचर समेत)


जनकपुर , ३० असार ।

 सरकारी कर्मचारीले मागेको घुस नदिएपछि राजविराज स्थित मालपोत कार्यालयका कर्मचारीहरुबाट बुधवार एक सेवाग्राही निर्घात कुटिएका छन् ।

जग्गा रजिष्ट्री गराउनकालागि मालपोत कार्यालय आएका राजविराज नगरपालिका वडा नम्वर–१० का ३४ वर्षिय श्यामप्रसाद साह करिब ४.१५ बजेको समयमा यसरी कुटिएका हुन् । जग्गा रजिष्ट्री गराउनकालागि प्रक्रिया अगाडि बढाउने क्रममा रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाई दिने भन्दै आफूसँग दुई सय रुपैयाँ मागेको पीडित साहले बताए । 
आफूले घुस नदिने अडान लिएपछि कागज फालिदिएको तथा आफूले ‘सेवाग्राहीको काम गर्नु तपाईहरुको दायित्व हो’ भनेपछि फाँटका कर्मचारी खड्का, अधिकारीले गाली–गलौज गर्दै कुट्न थालेको उनले जानकारी दिए । आफूलाई कुट्न थालेको देखेर मालपोत कार्यालयका जामुन साह, पशुपती देवलगायतले मुक्का, रड र धारिलो हतियारले हिर्काएको बताउँदै उनले भने ‘शुरुमा त दुई जनाले कुट्यो, त्यसपछि कार्यालयका अन्य कर्मचारीहरु समेत आएर मलाई मरणासन्न हुने गरी कुटेको अन्य सेवाग्राहीले देखेपछि उनीहरुले नै जोगाईदियो ।’
सेवाग्राहीहरुलाई असह्य भएपछि आफूलाई थप कुटपीटबाट जोगाएको जानकारी दिँदै आफू कार्यालयमा सेवा लिन आएकोमा घुस नदिएपछि यसरी मरणासन्न हुने गरी कुटाई खानुपर्ने दुःखेसो सुनाए । जिऊभरी निलडाम तथा घाउ देखाउँदै उनले भने ‘सरकारी कार्यालयमा सेवाग्राहीले काम गराउन जाँदा पहिला घुस मागिन्छ र नदिएपछि कर्मचारीबाट कुटाई खानुपर्ने अवस्था छ, यसरी खुलेयाम घुस मागिन्छ र नदिएपछि कानूनलाई हातमा लिएर डनको शैलीमा कुटिन्छ ।’ कार्यालयमा सेवाग्राहीसँग यस्तो व्यवहार गर्ने कर्मचारीलाई कडा कार्वाही गर्न पीडित साहले माग गरेका छन् ।
सयौं सेवाग्राहीका बीच कर्मचारीहरुले आफ्नो मर्यादालाई समेत विर्सेर सेवाग्राही साहलाई कार्यालयबाट कुटपीट गर्दै गेटसम्म पुर्याएको प्रत्यक्षदर्शी फर्सैठ–९ का चन्द्रनारायण यादवले बताए । मालपोत कार्यालयमा बिना घुसको काम गर्न कर्मचारीहरुले नमान्ने पुरानो रोग रहेको टिप्पणी गर्दै उनले भने ‘बिना घुस मालपोत कार्यालयमा कुनै काम हुदैन, घुस नदिएपछि काममा ढिलासुस्ती हुन्छ ।’
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आरोपित कर्मचारी र पीडित साहसमेतलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको छ । सोही क्रममा कर्मचारीहरुको तस्विर खिंच्ने क्रममा स्थानीय विवेक साहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
स्मरण रहोस् डेढ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका प्रमुखलाई घुस वापतको रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । यस अघि पटक–पटक मालपोत कार्यालयका फाँटवाला कर्मचारी र सेवाग्राही बीच लेनदेनको विषयमा विवाद हुँदैआएको 

No comments:

Post a Comment