Saturday, July 16, 2016

नेपाल आमाको सन्तानहरु बिच सौतेला व्यवहार किन? मधेशी भएर त होईन ?

जनकपुर : साउन २

तल फोटोमा देखाएको दुवै बालक शारीरिक रुपले अपाङ्ग हुन्। रौतहट, गा.वि.स अकोलवा ७ बलुवा टोलका शेख नेशारको १० बर्षीय छोरा शेख अशदार अलि जन्मै देखि दुबै खुट्टाले अपांग छ भन्ने झापाका शेषराज दाहाल र ईश्वरा दाहालका सुपुत्र बोल्न र हिंड्न नसक्ने आदित्य दाहाल हाल काठमाडौंको कपनमा बसोबास गर्छन्।
आजको २१ ओं शताब्दीमा आदित्य संग भविष्यवाणी गर्न क्षमता रहेको प्रचार गर्दै उनलाई विलक्षण क्षमताका धनी भन्दै 'गुगल ब्वाय' को रुपमा चिनायो र सरकारबाट निरन्तर आदित्य आर्थिक सहयोग पाइराखेक छन्। सुशील कोइराला प्रम भएको बेला सरकार द्वारा उनलाई अमेरिका लगेर इलाज समेत भई सकेका छन्। हाल मात्र आदित्यको लागि घर र गाडी वापत ओली सरकार द्वारा १ करोड़ रुपैया सहयोग गरिने निर्णय मन्त्रिपरिषद बाट भएको छ।
आदित्य अस्वस्थ छन्, उनको इलाज पनि हुनु पर्छ तर अन्धविश्वासको नाउमा यसरी जनताको पैसा लुटाउनु प्रति मेरो मात्र होइन सम्पूर्ण देशवासीको घोर आपति हुनु पर्छ।
अस्ति युरोकप फ्रान्सले जित्छ भनेर भविष्यबाणी गरेका आदित्य संग साँचै 'गुगल ब्वाय' भनाउने खालको विलक्षण क्षमता रहेको छ भन्ने कुनै संघ संस्था बाट प्रमाणित हुनुपर्छ। 'GOOGLE' बाट नै प्रमाणित गराए पनि हुन्छ।
रौतहटको १० वर्षीय बालक शेख अली स्कुल जानलाई तडपि रहेको छ। उसले एकदमै confidently भन्यो-"म सित व्हील चेयर भयो भन्ने म दैनिक स्कुल पढ्न जाने छु।"
यो एउटा बालकको उधाहरण मात्र हो, यस्ता मधेश र पुरै देशमा हजारों बालकहरु छन् जो पैसाको अभावमा उपचार गराउन बाट वन्चित छन् साथै उनका चाहनाहरु मरिरहेको छ।
किन सरकार एउटा लाई लाखो पर्ने गाडी र घर उपहार, अर्कोलाई के? के यिनीहरु नेपाल आमा कि सौतेला सन्तानहरु हुन्!!
(नोट: कोई सहयोगीहात यस बालकको लागि 'व्हील चेयर' सहयोग गर्न चाहनुहुन्छ भन्ने सम्पर्क गर्नुस बालकको सिधा सम्पर्क न. पठाइदिने छु)

No comments:

Post a Comment