Friday, July 15, 2016

अनसन स्थलमा आक्रमण गर्न गएका एमाले कार्यकर्ताहरु लखेटिए


www.madhesh News, जनकपुर  ३१ असार ।


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले गरेको रिले अनसनको अन्तिम दिन विशेष कार्यक्रम भइरहँदा आक्रमण गर्न पुगेका एमाले कार्यकर्ताहरु लखेटिएका छन् ।

खुल्ला मञ्चको अगाडि भागमा भइरहेको कार्यक्रमलाई विथोल्न एमाले कार्यकर्ताहरुले पछाडीबाट ढुँगामुढा गरेका थिए । एमाले कार्यकर्ताहरुले ढुँगामुढा गर्न थाले पछि प्रहरीले हस्तक्षेप गरेका थिए । तर पनि ढुँगामुढा जारी राखेका एमाले कार्यकर्ताहरुलाई मोर्चा र गठबन्धनका कार्यकर्ताहरुले ढुँगामुढा गर्दै धपाएका थिए ।

‘आई एम विथ केपी ओली’लेखिएको टिसर्ट लगाएका र नेपालको झण्डा बोकेका करिब चार दर्जन एमाले कार्यकर्ताहरुले ‘केपी ओली जिन्दाबाद’ र ‘मधिशे मोर्चा मुर्दावाद’को नारा लगाउँदै ढुँगामुढा गरेका थिए ।

कार्यक्रम स्थलमा रहेका युवाहरु आक्रोसित हुँदै एमाले कार्यकर्ताहरुमाथि ढुँगामुढा गर्न थाले पछि एमाले कार्यकर्ताहरु भागेका थिए ।

ढुँगामुढाको क्रममा एमाले कार्यकर्ताहरुको ढुँगा लागेर मधेशी मोर्चाका कार्यकर्ता रंजित निश्पक्ष समान्य घाइतेसमेत भएका छन् ।

एमाले कार्यकर्ताहरुलाई लखेटेकोमा गठबन्धनका नेता कुमार लिंगदेनले सम्पूर्ण कार्यकर्ताहरुको हौसला बढाएका थिए ।

No comments:

Post a Comment