Saturday, July 16, 2016

गठबन्धनको रिले अनशनमा आक्रमण गर्नु लज्जास्पद : डा. पंजियार


जनकपुर २०७३ साउन १ गते 

काठमाडौं, १ साउन । मधेसी युवा थिङक ट्याङकका अध्यक्ष डा.विनय पञ्जियारले शुक्रबार पहिचानका पक्षधर संघीय गठबन्धनले अहिंसात्मक बाटोको उत्कृष्ट नमूना रिले अनशनको अन्तिम दिनमा ढुंगामुढा र हातपात भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

२५० वर्षदेखि शोषणमा पारिएका मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु र अन्य बिपन्न समुदायको अधिकार संबिधानमा सुनिश्चित गराउन थालिएको यस महयज्ञमा जो सकैले एक्यबध्ता जनाउन सक्ने भन्दै आक्रमणको घटनाको डा.पञ्जियारले विरोध गरेका हुन् ।

‘राष्ट्रियताको नारा दिएर आन्दोलनकारीहरूमाथि गरिएको आक्रमण पूर्ण रुपले निन्दनीय छ’, उनले भनेका छन्, ‘यसले सामाजिक सदभाब बिथोल्नेछ । मधेसीहरुले देश जोगाउनका निम्ति गरेको यस अहिंसात्मक पहललाई हिंसामा परिणत गर्न खोज्नेहरु राष्ट्रवदी कदापि हुन सक्दैनन् ।’
डा.पञ्जियारले देशमा बस्ने सम्पूर्ण समुदायका वीचमा सौहार्दपूर्ण वातावरण रहोस भने आफूहरूको चाहना रहेको बताएका छन् ।

‘मधेसको गरिमाको निम्ति हामी जोसंग पानी बौद्धिक रुपले भिड्न तयार छौ’, उनले भने, ‘यस्तो घटनाहरू दोहरियो भने यसले समाजमा विद्रोहको अवस्था सिर्जना गराउँछ ।’

अध्यक्ष डा. पञ्जियारले मधेस र मधेसीको स्वाभीमानको निम्ति आफ्नो प्राण पनि त्याग गर्नका लागि तयार रहेको जनाएका छन् । उनले मधेसबिना देशको परिकल्पना कुनै पनि हालतमा सम्भब नरहेको उल्लेख गरेका छन् ।

No comments:

Post a Comment