Sunday, July 17, 2016

चीनले नेपाली जग्गा फिर्ता गर्नु पर्छ । जितेन्द्र सोनल को भनाइ

 जनकपुर : सावन २ 

 तराई मधेश लोकतान्त्रिक पार्टीका प्रभावसाली नेता जितेन्द्र सोनलले नेपालीको भूमि एक इन्च पनि यताउती हुनुहुँदैन बताउनुभएको छ ।  चीनले नेपालको चार किलोमिटर जमिन मिचेको समाचार बाहिर आएपछि नेता सोनलले नेपालको भूमि कुनै पनि देशले मिच्न नहुने बताउँदै उहाँले यस विषयमा राज्य गम्भिर हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, यदि चीनले नेपालको भूमि मिचेको छ भने तत्काल फिर्ता गर्नुपर्छ ।भारतले नेपालको भूमि मिचियो भन्दै यहाँका राष्ट्रवादी भनाउँदाहरुले जुलुस नै प्रदर्शन गर्छन् तर आज चीनले चार किलोमिटर नेपाली भुमि मिचेको कुरा आइरहेको छ, कसैले च्यूइ पनि बोलेको छैन, नेता सोनलले भन्नुभयो, भारतले नेपालको भूमि मिच्नु ठिक हो मैले भन्न खोजेको होइन, यदि भारतले पनि मिचेको छ भने त्यो पनि फिर्ता गर्नुपर्छ ।’
मधेशी जनता सीमा रक्षा गरेर बसेको उल्लेख गर्दै उहाँले भारतले जग्गा मिचियो वा कतै हड्पेको कुरा आयो भने सीमामा बस्ने मधेशी जनता भारतीय पक्षसँग झगडा गरेको थुप्रै उदाहरणहरु रहेको बताउनु भयो । त्यस्तै चीनको बोर्डरमा बस्ने नेपालीले त्यहाँको जमिनको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।
११ नम्बर सीमा स्तम्भभन्दा चार किलोमिटर वारिको नेपाली भूमि ललुङमा घर बनाएको स्रोतले जनाएको छ । लिमीका बासिन्दा तिब्बतको पुराङ काउन्टीस्थित ताक्लाकोट बजारबाट खरिद गरेका सामान लाप्चा नाकाबाट गाउँ भित्र्याउँछन् । लामो समयदेखि यही नाका प्रयोग गरी हिउँदमा पशुचौपाया चरणका लागि चीनको भूमि उपयोग गर्दै आएको खबर कान्तिपुरमा छ । सीमा आउजाउ गर्दा उनीहरूले नयाँ संरचना बनाइरहेको देखेका हुन् ।

No comments:

Post a Comment